इस्टर हमलापछि मुस्लिम आफैं मस्जिद भत्काउँदै



कोलोम्बो (एजेन्सी)
इस्टरको दिन भएको हमलापछि हाम्रो बस्तीका गैर मुसलमान हामीलाई आतंकवादीका रुपमा हेर्छन् ‘, एमएचएम अकबर इस्टरमा भएको भयानक हमला उल्लेख गर्ने क्रममा उक्त कुरा बताइरहेका थिए ।

उक्त हमलामा २ सय ५० जनाको मृत्यु भएको थियो भने यसको जिम्मेवारी एक मुस्लिम कट्टरपन्थी समुहले लिएको बताइएको थियो ।

विश्वभरीका मुसलमान रमजानको महिनामा उपवास राख्छन र प्रार्थना गर्छन , तर श्रीलंकामा मुसलमानको एक सानो समहले आफुलाई हिस्रक समुहबाट अलग देखाउन एक मस्जिद भत्काएका छन् ।

अकबर खान मदतुंगमाको प्रमुख मस्जिदका संरक्षक हुन् । उनले भने– अल्लाह प्रति विश्वास राख्नेहरुले यसतो कदम उठाएको हो ।


अकबरले भने– यस हमलापछि प्रहरी मस्जिदमा प्राय आउने गर्थे । त्यसलाई हेरेर मानिसहरु दिक्क मान्न थाले । यो हमलाले हाम्रो र अर्को समुदयाबीच विश्वास अत्यन्त कम बनाइदिएको छ ।

कथित रुपमा यस मस्जिदको उपयोग प्रतिबन्धित कट्टरपन्थी संगठन तौहीद जमात (एनटीजे)का सदस्यद्वारा गर्दै आइरहेको थियो । उक्त समुहमाथि अप्रिलमा टापु देशमा आत्मघाती विस्फोट गरेको आसंका गरिएको थियो ।

इस्टर हमलापछि श्रीलंकाली सरकारले पुरै देशमा तौहिद जमातलाई निसाना बनाउँदै कारवाही शुरु गरेको थियो । उक्त संगठनको तर्फबाट पुर्वी शहर कट्टनकुडीमा एक मस्जिद सन्चालन गरिँदै आइरहेको थियो, त्यसलाई शिल्ड गरिएको छ ।

मदतुंगामामा यो मस्जिद ऐतिहासिक, धार्मिक वा सांस्कृतिक रुपमा महत्वपुर्ण थिएन । यो एक अलग अति रुढिवादी समुहद्वारा सन्चालित गरिरहेको थियो , जसको यस हमलासँग कुनै सरोकार थिएन् ।

अकबरले भने– हाम्रो इलाकामा पहिले देखि नै एक मस्जिद थियो । जसमा मानिसहरु नमाज पढ्थे । तर केही बर्ष पहिला केहीले यो मस्जिल बनाएका थिए ।

मे महिनामा पुरानो मस्जिदका एक सदस्यले एक बैठक बोलाए र त्यसमा उक्त मस्जिद नै सबै विवादको जद भएको र त्यसलाई नस्ट गर्ने निर्णय गर्यो । स्थानियहरुले हातमा हथौडा लिएर मस्जिद भत्काएका थिए ।

उनले भने– हामीले यसको मिनार र नमाज गर्ने कोठा तोडफोड गरेका छौं र यो ठाउँका वास्तविक हकदार को हो, उसैलाई हस्तान्तरण गरिदियौं ।

श्रीलंकाको कुल आवादीको ७० प्रतिशत बौद्ध धर्म मान्नेहरु प्राय सबै सिंहाली भाषा बोल्छन् । १२ प्रतिशत आवादी हिन्दु देशको दोश्रो ठुलो समुदाय हो । त्यसपछि तेस्रोमा १० प्रतिशत आवादी सहित मुसलमान र ७ प्रतिशत आवादी रहेको इसाई चौठो स्थानमा पर्छन् ।

मुस्लिमले श्रीलंकामा आफुलाई श्रीलंकाली वा देश भक्त प्रमाणित गर्नु कठिन काम हो । यद्यपी मस्जिद भत्काएपछि शत्रुता कम भएको अकबर खानले बताए । ‘सिहाली र तमिलले छिमेकीका रुपमा हामीसँग ब्यवहार गर्न थालेका छन् , यसले तनाव कम भएको छ ‘ उनले बताए ।

प्रतिक्रिया दिनुहोस्