देहिमाण्डौं च्याम्पियन



विनोद सिंह विष्ट, बैतडी
बैतडीको दशरथचन्द नगरपालिकामा जारी दोस्रो संस्करणको १९ बर्षमुनीको उप मेयर कप महिला टि २० क्रिकेट प्रतियोगिता सोमवार सम्पन्न भएको छ ।

साविक विजेता दशरथचन्द नगरपालिका ६ थालिगडालाई ४ विकेटले स्तब्ध पार्दै दशरथचन्द नगरपालिका २ देहिमाडौंले उपाधि हात पा¥यो । उपाधिसंगै देहिमाण्डौंले ३०हजार पुरस्कार पायो भने उपविजेता थालिगडाले २५ हजारमा चित्त बुझायो । निंगलाशैनी खेल मैदान देहिमाडौंमा टस हारेर ब्याटिंगको निम्ता पाएको थालिगडाले निर्धारित ओभरमा ५ विकेटको क्षतीमा १ सय ८३ रन बनायो । जसमा कप्तान सुनिता लुहारले ७७ तथा दिव्या कार्कीले ५६ रन बनाए । देहिमाडौंका बविता बोहराले ३ विकेट हात पारिन् ।

१ सय ८४ रनको लक्ष्य देहिमाडौंले १८.३ ओभरका ६ विकेटको क्षतीमा पुरा गर्यो । देहिमाडौंका लागी मिना रावतले नटआउट हुँदै ७८ रनको योगदान गरिन् । थालिगडाका सुनिता लुहार र सपना ठगुन्नाले दुई दुई विकेट प्राप्त गरे । प्लेयर अफ दि फाईनल देहिमाडौंका मिना रावत घोषित भइन् ।

यसैबिच प्रतियोगिताभर १ सय ३५ रन र व्यक्तिगत ६ विकेट हात पारेकी थालिगडाका कप्तान सुनिता लुहार प्लेयर अफ द सिरिज घोषित भइन् । उनले ५ हजार पुरस्कार पाइन् । १ सय २३ रन बनाएकी थालिगडाकी दिव्या कार्की बेस्ट ब्याट्सओम्यान र देहिमाडौंका लागी ९ विकेट लिएकी बविता बोहरा बेस्ट बलर भइन् ।

प्रतिक्रिया दिनुहोस्