टावरबाट नियाल्ने दृश्य



दमक, पूर्व चिनाउने चल्तीको बजार । सोही क्षेत्रका सांसद कम्रेड ओली अहिले देशका कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री छन् । प्रधानमन्त्री भएपछि उनले आफ्नो निर्वाचन क्षेत्रमा दर्जनौ योजना स्वीकृत गराएको, योजनाका लागि छेलोखेलो बजेट छुट्याइएको चर्चा राम्रै छाएको छ ।

ओलीको निर्वाचन क्षेत्रका अनेकौ योजनाको उच्च प्राथमिकतामा छ–७२ फिट अग्लो भ्यू टावर । टावर बन्ने भनिएको ठाउँ हो, दमक–३को ढुकरपानी । धुलाम्ये सडक, खानेपानी र ढलको आधारभूत सुविधा समेत नभएको सो ठाउँ दमकको मध्य बजारबाट ४ किमी टाढा छ ।

पीएम ओलीको ठाडो आदेश सहरी विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगले नमान्ने कुरै भएन, त्यहि भएर सो परियोजना आयोगको रातो कितावको उच्च प्राथमिकतामा प¥या धरहराबाट प्रष्टै देखियो । टावर निर्माणकै लागि चानचुन ३ अर्ब छुट्याइएको चर्चा छ । टावर निर्माणबारे झापाली सत्तापक्षिय नेता कार्यकता नै असन्तुष्ट छन् ।

‘टावर निर्माण हुँदैमा शिक्षा, स्वास्थ्य, खानेपानी, ढल निकासको समस्या समाधान हुने हो र, दमकका चिया पसलमा असन्तुष्ट कम्रेडको जत्थाले यस्तै तर्क गर्न थाल्या धेरै भयो । हुन पनि हो, मध्य वर्षाद्मा रतुवा र मावा खोलाको झल्को बजारमै देखिन्छ ।

ओलीको अघिल्लो कार्यकालमा खुलेको दमक अस्पतालमा डुवान समस्याको बखान धेरै गर्नु पर्दैन क्यार, आसपासका वस्ती र स्कूलको हालत पनि उस्तै हुन्छ । दमक र आसपासका भेगको यस्तै समस्या एक थलोबाट नियाल्न भ्यू टावर बन्ने हो क्यार !

प्रतिक्रिया दिनुहोस्