वीरगन्ज-पथलैया कोरीडोरको परवानीपुरमा डोजर चलयो



कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्ज पथलैया कोरीडोरमा रहेको परवानीपुरमा डोजर लगाएर सडकको जग्गा खाली गराउने कार्यसुरु भएको छ । कडा सुरक्षाका यो व्यपारिक मार्गमा रहेको अतिक्रमण हटाउने कार्य सुरु भएको हो ।

वीरगन्ज–पथलैया सडक खण्ड अन्तरर्गत वीरगन्ज महानगरपालिकाको वाड नं. २१ लिपनिविर्तामा रहेका घर टहरालाई स्थानिय प्रशासनले डोजर लगाइ भत्काएर सडक फराकिलो बनाउने कार्यमा तिब्रता दिएको हो ।

संघीय सरकारको सडक विभागले त्रिभूवन राजमार्गमा रहेको घर टहरा हटाउन पटक–पटक आग्रह गर्दा समेत स्थानियले अटेर गरेपछि डोजर चलाउन प्रशासन बाध्य भएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईले बताउनु भयो ।

सडक विस्तार क्षेत्र खालि नभएको कारण व्यपारिक मार्ग निर्माण कार्य तोकिएको मिति भन्दा धरैपछि परेकाले सुरक्षाकर्मी परिचालन गरी अतिक्रमित जग्गा खालि गराउन सुरु गरिएको बताउनु भयो ।

पथलैया देखि जितपुर सम्मको ६ लेन सडक निर्माण कार्य अगाडी बढेपनि परवानीपुरमा रहेका घर टहरा कै कारण सडक निर्माण कार्यमा अवरोध उत्पन हुदै आएको छ । पथलैया देखि वीरगन्जको गण्डकसम्म २१ किलो मिटर लामो ६ लेन सडक निर्माण कार्य भइरहेको छ ।

सडक निर्माण पुरा भएपछि संघुरो सडकका कारण हुदै आएको सवारी दुर्घटना र सडक जामा जस्ता समस्यामा कर्मी आउने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्