धुर्मुस–सुन्तली रंगशाला विवाद, रंगशाला होइन विश्वविद्यालयको विकास गरौं 



ईश्वरीप्रसाद कडरिया
समाजिक सञ्जालबाट
 क्रिकेट रंगशालाले भन्दा दसांै हजार विद्यार्थीले कृषिमा उच्च शिक्षा पढ्ने र अनुसन्धान गर्ने गरी विश्वविद्यालयको विकास गर्दा स्थानीय, चितवन जिल्ला र देशको हित हुनेछ र कसले बुझ्ने
कसलाई बुझाउने।

१. कृषि विश्वविद्यालयको सर्वोच्च निकाय सिनेटबाट विश्वविद्यालयको जग्गा क्रिकेट रंगशालालाई दिने एजेन्डा अस्वीकृत भएपछि स्वयं प्रचण्डको उपस्थितिमा भरतपुर महानगरपालिकाको मेयर, राजनैतिक पार्टीका प्रमुखलगायत त्रिवि र एएफयूको उपकुलपतिसहितको बैठकबाट जसरी विश्वविद्यालयको जग्गामै रंगशाला बनाउने निर्णय भयो हामी विश्व विद्यालयका सम्पूर्ण विद्यार्थी, प्राध्यापक, कर्मचारी निरीह भयौं, धुर्मुस–सुन्तलीको देवत्वकरण गरियो र रंगशाला अन्य ठाउँमा बनाउनुपर्छ भोलिका दिनमा दसौं हजार विद्यार्थी पढाउनु पर्दा जग्गा विश्वविद्यालयलाई नै आवश्यक पर्छ भन्दा हामीलाई विकासविरोधी  भनियो र विश्वविद्यालय बन्दा विकास नहुने रंगशाला बन्दा मात्रै विकास हुने ?

२. त्रिवि र एएफयूबीच जग्गाको स्वामित्व हस्तान्तरण मुद्दा सर्वोच्चमा अझै विचाराधीन छ र सर्वोच्चमा मुद्दा विचाराधीन हुँदाहँुदै स्वायत्त संस्था भनिने विश्वविद्यालयको जग्गा नेताहरू बसेर भागबन्डा गर्नु कति जायज हो ?
३. विश्वविद्यालयको जग्गा हडपेर रंगशाला बनाउनुभन्दा दसौं हजार विद्यार्थी पढ्ने गरी विश्वविद्यालयको विकास गर्नु वर्तमान चितवन जिल्लाका नेतृत्व र स्थानीय जनताको भलाइ हुनेछ, रंगशाला केन्द्रीय सरकार र महानगरपालिका मिलेर भरतपुर महानगरपालिकाभित्र कहींकतै बनाउन सकिन्छ, सारा उच्च नेतादेखि स्थानीय जिल्ला नेतासम्म एउटा हास्य कलाकारको पछि लाग्नु लाजमर्दो कुरा हो ?

४. ३ सय करोड चन्दामार्फत उठाउनुपर्नेमा अहिलेसम्म ३–४ करोड मात्रै संकलन भएको कुरा मिडियामा आइरहेको छ र स्थानीय ले धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउँदै गरेको बार भत्काइदिएका छन्। स्थानिय जनतासँगको बाटोसम्बन्धी जग्गा बिबादमा धुर्मुस–सुन्तलीले न्यायाधीशझैं फैसला गर्ने अख्तियारी कहाँबाट पाए ? उल्फाको धनमा फुपूको श्राद्ध। विश्वविद्यालयको जग्गा विवाद सर्वोच्चमा विचाराधीन छ र अब बहस नयाँ सिराबाट शुरू गर्नुपर्छ र किन विश्वविद्यालयलाई केन्द्रमा राखेर दसौं हजार पढ्ने गरी यही रामपुर हाताभित्र नयाँ–नयाँ विषयमा कलेज र अनुसन्धान केन्द्र स्थापना किन नगर्ने ? केन्द्रीय सरकार र महानगरपालिकाको ध्यान जान जरुरी छ।

५. विश्व विद्यालयका पदाधिकारी नेताहरूका अगाडि लम्पसार परे त हामीले राम राम भन्नुबाहेक केही गर्न सकिएन र जुन थालमा खायो त्यहीं चुठ्नेसँग केही नलाग्ने रहेछ।

(कडरिया कृषि तथा वन 
विश्वविद्यालयका सिनेट 
सदस्य हुनुहन्छ)।

प्रतिक्रिया दिनुहोस्