अमेरिका र मेक्सिकोबीच ऐतिहासिक सम्झौता, ट्रम्पको ट्यारिफ नीति निलम्बित



मेक्सिको,(एजेन्सी)
मेक्सिकोले शनिवार अमेरिका तर्फ अवैध आप्रवासीको रुपमा जाने आफ्ना नागरिकहरुलाई रोक्नका लागि अप्रत्यासित कदम चाल्ने जानकारी दिएको छ । केहि दिन अघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दक्षिणी सिमानबाट यसरी निरन्तर ओइरिरहेका मेक्सिकोका आप्रवासीलाई स्थायी रुपमा नरोकिए सम्म मेक्सिकोबाट आउने वस्तुहरुमाथि ५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए ।

सो ट्यारिफ पनि प्रत्येक महिना छ प्रतिशतले थपिँदै जाने बताइएको थियो । राष्ट्रपति ट्रम्पले टिवटर मार्फत उक्त ट्यारिफलाई अनिश्चितकाल सम्मका लागि रोकने सहमति भएको जानकारी दिएका छन् । यो ट्यारिफ सोमवार देखि लागु हुनेवाला थियो ।

लगातार तीन दिन सम्म चलेको वार्तापछि यो द्विपक्षिय सहमति भएको मेकिस्कोका विदेशमन्त्री मार्सेलो एवरार्डले टिवटर मार्फत पुष्टि गरेका छन् । ट्रम्पले यसअघि मेक्सिकोले यस विषयमा गम्भीर ढंगले साच्दै नसोचेको आरोप लगाउाद ैआएका थिए ।

ट्यारिफ नीति लागु गर्ने प्रस्ताव राख्ने क्रममा पनि उनले मेकिसको सरकारसंग ति आप्रवासीलाई रोकन आग्रह गरेका थिए ।

एवरार्डले भनेकाछन् ,‘ अमेरिका र मेकिसकोबिच एउटा सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारस् गराउन पाउँदा मलाई खुशी लागेको छ । अमेरिकाले सोमवार देखि लागु गर्ने भनेको ट्यारीफ आजैदेखि अनिशितकालका लागि नलिम्वन गरिएको छ ।

त्यको बदलामा मेक्सिकोले आप्रवासी रोक्न गम्भीर कदम चाल्ने भएको छ । यस सम्बन्धी विस्तृत विवरण अमेरिकी विदेश मन्त्रालयले प्रकासित गर्ने छ । ’
गत साता ट्रम्पले अचानक यस ट्यारिफ सम्बन्धी घोषणा गर्दा उनको आफ्नै पार्टीका सदस्यहरुले यसबारे अनभिज्ञता प्रकट गरेका थिए ।

 

म्पले गत फेब्रुअरीमा अमेरिका – मेक्सिको सिमाना विवादलाई लिएर संकटकाल न ैघोषणा गरेका थिए । नाजुक अर्थतन्त्रको कारण निक ैगरिब हुन पुगेका मेक्सिकोका जनता रोजगार र अन्य अवसरको खोजिमा हरेक वर्ष हजारौं संख्यामा अवैध ढंगले अमेरिका प्रवेश गर्ने गरेका छन् ।

यस नयाँ सम्झात्ौ अनुसार अमेरिकाले सोमवार देखि मेक्सिकोसंग जोर्डिको दक्षिणी सिमा क्षेत्रमा थप ६ हजार नेसनल गार्ड तैनाथ गर्ने भएको छ । राष्ट्रपति चुनावको प्रचार प्रसार अभियानको दौरान ट्रम्पले मेक्सिको र अमेरिकाबिचको सिमा क्षेत्रमा पर्खाल निर्माण गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्