पचासी बिरामी मार्ने पूर्वनर्सलाई आजीवन काराबास



वर्लिन,(एजेन्सी)
उत्तरी जर्मनीका दुईवटा अस्पतालमा पचासी जना बिरामीको हत्या गरेको अभियोगमा एकजना पुर्व पुरुष नर्सलाई विहिवार अदालतले आजीवन कारावास सुनाएको छ । न्यायधिश सेवासियन बुहम्र्यानले नियल्स होजेल नामक ति नर्सले अक्षम्या अपराध गरेको बताएका छन् ।

होजेल यसअघि न ैदुइवटा अन्य हत्याको अभियोगमा कारवास भुक्तान गरिरहेका छन् । उनले सन् १९९९ देखि २००५ बिच आफ्नो हेरचाहमा रहेका बिारमीहरुलाई मुटु रोग सम्बन्धी औषधि ओभरडोज दिने गरेको स्विकार गरेका छन् ।

उनी जर्मनीको आधुनिक इतिहासकै सबैभन्दा कुख्यात हत्यारा सावित भएका छन् । वकिलहरुले आफ्ना सहकर्मिहरुलाई प्रभावित बनाउन ति बिारमीहरुलाई रोग निको पार्न लगोको भन्दै त्यसरी ओभरडोज दिने गरेको बताएका छन् ।

उनका एकजना पुर्व सहकर्मिलेले कुनै पनि बिारमीलाई क्रितिम श्वास प्रस्वास र्का शुरु गर्नु पर्दा संधै अरुलाई पछाडि हटाएर आफु अघि बढ्ने हुनाले साथीभाई माझ होजेल ‘ रिससाइटेसन ¥याम्वो ’ को उपनामले पनि चिनिने गरेको जर्मन अखवार बिल्डलाई बताएका छन् ।

ति श्रंखलावद्ध हत्याको मुद्धाको फैसला हुने दिन ४२ वर्षिय होजेलले पिडित परिवारहरुसंग आफ्नो विभत्स अपराधका लागि औपचारिक रुपमा क्षमायाचना गरेका थिए । होजेल माथि जर्मनीका उत्तरी शहर डोल्मेन्होस्र्ट र ओल्डेनवर्गमा १ सय जना बिरामीको हत्या गरेको अभियोग लगाइएको थियो ।
जर्मन संचार माधयमका अनुसार अदालतमा होजेलले ५५ वटा हत्या माज्ञ स्विकार गरेको तर उनलाई ८५ वटा हत्याका लागि दोषि ठहराइएको हो ।

वर्लिन् स्थित विविसिका पत्रकार जेन्नी हिलले अस्वाभाविक रुपमा यत्ति धेरै बिरामीको ज्यान जाँदा पनि आँखा चिम्लेको भन्द ैति दुवै अस्पतालका वरिष्ठ कर्मचारीहरु प्रति जनता र पिडित पक्षले आक्रोश पोखेको बताएकी छिन् ।

सन् २००५ मा डेल्मेन्होस्र्टमा एकजना बिरामीलाई डाक्टरले सिफाशिै नगरेको औषधि दिँदै गरेकोबेला रंगेहात पक्राउ परेपछि होजेलको श्रंखलावद्ध हत्या काण्ड रोकिएको हो । सन् २००८ मा उनलाई हत्या प्रयासको अभियोगमा सातवर्ष जेल संजाय तोकिएको थियो । तर अन्य आशंकित पिडित परिवारहरुले उनी माथि थप अनुसनधान गर्न आग्रह गरेका थिए ।

त्यसपछि सन् २०१५ मा दुई हत्या र दुई हत्या प्रयासको अभियोगमा चलाइएको मुद्धामा उनलाई आजीवन कारावास संजाय सुनाइएको थियो । सो मुद्धाको सुवाईको क्रममा उनले ३० जना बिरामीको हत्या गरेको एकजना मनोचिकित्सक समक्ष स्विकारेका थिए ।

त्यसपछि अनसन्धानकर्ताहरुले चिहानबाट १ सय ३० जना पुर्व बिरामीहरुको शव निकालेर तिनीहरुलाई ह«दयाघात हुनसक्ने औषधि दिइएको समबन्धमा अध्ययन अनुसन्धान गरेका थिए । अस्पतालको अभिलेख अनुसनधान गर्दा होजेलले ड्युटी गरेकाबेला बिरामीको मृत्यु तथा तिनीहरुलाई क्रितिम श्वास पैश्वास कार्य शुरुगरिएको संख्या अन्यबेलाका तुलना दोब्बर देखिएको जर्मन संचार माध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्