गोल्डस्टारको ११ लाखको सम्झौता



काठमाडौं, (नेस)
नेपाल खेलकुद पत्रकार मञ्चले आगामी असारमा आयोजना गर्ने बजाज पल्सर स्पोर्टस अवार्डलाई किरण सु म्यानु फ्याक्चररको गोल्डस्टारले मुख्य सह प्रायोजन गरेको छ ।

मञ्चले एक वर्षका लागि गोल्डस्टारसँग करिब ११ लाख रुपैयाँ बराबरको सम्झौता गरेको हो । जसमा ८ लाख रुपैयाँ नगद र बाँकी किरण सुका उत्पादन ३ लाख रुपैयाँ बराबरको रहनेछ । शुक्रबार आयोजित कार्यक्रममा किरण सु कि निर्देशक विदुषी राणा र मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले हस्ताक्षर गरे ।

राणाले नेपालको नम्बर वान जुत्ताको ब्रान्ड गोल्डस्टार खेलकुदको ठूलो अवार्डसँग जोडिन पाउँदा खुसी लागेको र भविष्यमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्