आई एम स्टिल ब्युटिफुल: करिश्मा मानन्धर



सानै उमेरमा नायिका, यो उमेरमा आएर विद्यार्थी जीवन। के गरिनन् अभिनेतृ तथा निर्मात्री करिश्मा मानन्धरले? स्कुल पढ्दापढ्दै नायिका। नायिका भएर नाम कमाइसकेपछि पनि अमेरिका गएर सामान्य काम गरिन्। फर्केर आएपछि अभिनय र फिल्म निर्माणलाई निरन्तरता दिइन्। राजनीतिमा लागिन्। विद्यालयस्तरको पढाइलाई निरन्तरता दिँदै एसईई परीक्षा दिइन्। दर्जनौं फिल्ममा बोल्ड अभिनय गरेर दर्शकको मन जितिन्। राजनीतिमा चित्त बुझेन, बाहिरिइन्। अहिले केही गरेकी छैनिन्, खाली पनि छैनिन्। एसईई परीक्षाको परिणाम कुरिरहेकी छिन्। उनै अभिनेतृ तथा निर्मात्री करिश्मा मानन्धरसँग उनको करियर, व्यक्तिगत जीवन र बुढ्यौलीको योजनाका बारेमा गरिएको कुराकानी यहाँ प्रस्तुत छ:

विदुर गिरी

हिजोआज के गर्दै हुनुहुन्छ?
अहिले खासै केही गरेकी छैन। तर, हप्तामा २÷३ दिन कतै जाने, कसैलाई सहयोग गर्ने, आफँले बोलेर कसैलाई राम्रो हुन्छ भने बोलिदिने यस्तै केही न केही गरिरहेकै हुन्छु। यो वर्ष सोसाइटीलाई राम्रो हुने केही गर्ने गरी प्लानिङ गरिरहकी छु। जलवायु परिवर्तनले नराम्रो असर गरिरहेको छ। यो हप्ता पर्यायवरण र सरसफाइको काम गरें। गोदावरीको खोलामा सरसफाइ गर्ने काममा सहभागी भएँ। अहिलेसम्म यो चोखो छ, ढल मिसिएको छैन। नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा सरिता लामिछानेका लागि बोलें।

तर, कलाकार संघको चुनावमा तपाईं एक पक्षका लागि खुलेरै प्रस्तुत हुनुभयो?
रवीन्द्र खड्का दाइ एकपटक संघको अध्यक्ष भइसक्नुभयो। सरिता संघको अध्यक्षका लागि नयाँ अनुहार हो र महिला भएकाले पनि उसको पक्षमा बोलेको हो। तर, रवीन्द्र दाइको विपक्षमा होइन। बरु उहाँले पनि नयाँलाई सपोर्ट गर्नुपथ्र्यो। संघको अध्यक्षमा ४÷५ जना भइदिएको भए चुज गर्ने ठाउँ हुन्थ्यो, २ जनामात्र भएकाले सरिताको पक्षमा बोलेकी हुँ। फेरि कार्यसमितिमा उठ्नुभएको कतिजना कलाकारलाई त म नै चिन्दिनँ।


दिनचर्या कसरी बिताउनुहुन्छ?
केही न केही गरिरहेकै हुन्छु। जस्तो शनिबार कलाकार संघको चुनावमा सहभागी भएँ। आइतबार, सोमबार पनि अरू काम छ। त्यसपछि पोखरामा एउटा उद्घाटनमा जान्छु। २÷३ वर्ष एक्सरसाइज नगरेकाले हेल्दी होम जान थालेकी छु, खाली भन्ने नै हुँदिन।

३ दशकभन्दा लामो आफ्नो फिल्मी करियरलाई कसरी सम्झनुहुन्छ?
कहिलेकाहीं यो सपनाजस्तो लाग्छ। हाम्रो दिमाग जति शक्तिशाली भए पनि केही कुरा मात्र सम्झिन सक्ने हुँदो रहेछ। कहिलेकाहीं त म अभिनय गर्छु भन्ने नै बिर्सन्छु। मानिसहरू फोटो खिच्न आउँदा ए म कलाकार पनि हो नि भनेजस्तो लाग्छ, ग्याप भएर पनि होला। म एक दिन त रोएँ नै, मान्छेले करिश्मालाई के भएको होला पनि भने। स्कुलमा पढिरहेको मान्छे त्यहींबाट विकास बोर्डमा एउटा सम्मान लिन गएँ। मिथिला शर्मा दिदीले तिम्रो योगदान यो क्षेत्रलाई कति छ भन्नुभयो। मलाई पनि विश्वास भयो र अनायसै रुन पुगेछु। म स्कुलको स्टुडेन्ट भएरै गएकी थिएँ। कलाकारितामा के गरेकी छु भन्ने नै बिर्सिसकेको रहेछु।

करियरलाई अगाडि बढाउने क्रममा फिल्म निर्माण पनि गर्नुभयो। फागुपछि निर्माणमा देखिनुभएको छैन नि?
ढुकढुकी र बाबुसाहेब प्लानिङमा बनेको थियो। फागु बिना प्लानिङ, हतारमा बनेको थियो, त्यो मेरो नै मिस्टेक थियो। त्यो फिल्म र त्यसको रिजल्टको दोष आफैंलाई दिन्छु, अरूलाई दिन चाहन्न। हामीलाई जब कुनै कुराले फेबर गरेको छैन भने बाटो चेन्ज गर्नुपर्छ केही समयका लागि। त्यसैले म पढ्नतिर लागें। फेरि पनि फिल्म प्रोड्युस गर्न सक्छु, तर अलि होमवर्क गरेर।

हिजोआज पर्दामा पनि खासै देखिनुभएको छैन नि?
त्यो त कुरै भएन नि। स्कुल हुँदा अफर आएका म्युजिक भिडियोमा पनि काम गरिनँ। फिल्म त झन् गर्ने कुरै भएन। भिडियोचाहिँ अब गर्छु। कतिजनालाई १÷२ महिना पख्नुस् भनेकी छु। फिल्मचाहिँ ३ वर्षदेखि गर्दिनँ नै भनें। अभैm पनि म अहिलेको हिरोइनले गरेको जस्तै काम गर्दिनँ। जुनसुकै एज गु्रपको रोल पनि गर्छु तर लिड रोल। आफँलाई खुसी र सन्तुष्ट बनाउन पनि काम गर्छु, चाहे त्यो बुढीकै रोल किन नहोस्। अवश्य पनि आफ्नो एजलाई मिल्ने रोल लिएर आउन सक्छु।


एज ग्रुपको कुरा गर्नुभयो, बुढी भएँ भन्ने लाग्न थाल्या हो?
मलाई त्यस्तो लाग्दैन। तर, आई फिल आईएम मेचुएर, बट आईएम स्टिल ब्युटिफुल। धेरै उमेर कमाएको छु मैले। त्यसैले यो एजमा वास्तविकतामा आधारित रोल गर्न तयार छु। जो बिनामेकअप नै किन गर्नु नपरोस्? आमाको रोल पनि गर्छु। यसको अर्थ बुढी भएँ भन्नेचाहिँ होइन।

निर्देशन गर्ने विचार पनि छ कि?
विचार त आइरहन्छ, तर समय आउनुपर्दो रहेछ। निर्देशनलाई मात्र टार्गेट गरें भने गर्न सक्छु। आफैं नगरेर अरूलाई पनि गराउन सक्छु।
आँट नआएको हो?

आँटभन्दा पनि एक वर्ष जान्छ त्यसमा। मलाई कुनै कुरा गरिरहेको छ भने त्यो नै पँरा गर्नपर्छ। ३ वर्ष पढें, एसईई दिएँ। निर्देशन पनि एक दिन गर्छु भन्नेचाहिँ छ। म आफैंले गर्नुपर्छ भन्ने पनि छैन। मेरै टिमको जसले गरे पनि हुन्छ। त्यो जहिले पनि मेरो हातमै भएको कुरा भयो। त्यसैले हतार पनि छैन।

यति सफल अभिनेतृ, बीचमा अमेरिकातिर लाग्नुभयो?
परिस्थिति र मनिस्थिति सधैं एकै प्रकारको हुँदैन। कतिबेला के लाग्छ भन्न सकिँदैन। एउटै काम २५ वर्षदेखि गरिरहेको थिएँ। बाहिर गएर विश्व बुभ्mने चाहना भयो। ४÷५ वर्ष अमेरिका जाँदा कतिले पलायन भयो भने। म मात्र गएको थिएँ र? मानिस पढ्न, डक्टरी गर्न विदेश जाँदैनन्? मैले पनि त्यहाँ गएर विश्व र जीवन बुझ्ने मौका पाएँ। म नेपालको नागरिकता त्यागेर अमेरिका बसेको थिइनँ। मेरो मुटु काम्छ त्यहाँको सिटिजनसिप लिनलाई। नेपालको त्यागेर अर्को देशको नागरिकता लिन सक्दिनँ।

के कुराले नेपाल फर्कायो?
मानिस जुन वातावरणमा बस्यो, त्यस्तै लाग्दोरहेछ। दिनभर अर्कै काम, अर्कै भाषा, अर्कै वातावरण, अर्कै रहनसहन। पछि पछि त एक्लै बस्न मन लाग्न थाल्यो। काठमाडौं आउँदा पनि मान्छे भेट्न मन लाग्न छोड्यो। यसरी भएन, अब बाटो परिवर्तन गर्नुपर्छ भन्ने लाग्यो र गरें। त्यहाँ बस्ने उद्देश्य नै पटक्कै थिएन।

राजनीतिमा पनि लाग्नुभयो। तपाइं पहिले त्यो जन्मिनसकेको पार्टीमा जान्न भन्नुभएको थियो। पार्टी एकीकरण भएपछि फेरि बाहिरिनुभयो। राजनीतिदेखि वितृष्णा जागेको हो?

मेरो उद्देश्य थिएन राजनीतिमा लाग्ने। समाजसेवा गर्ने पक्कै थियो होला र छ पनि। राजनीतिमा लागेर आज केही हासिल गरें भनेर खुसीचाहिँ छु। प्रधानमन्त्री भइसकेको, त्यति जाने बुझेको, केही गर्छु भनेर लागेको मानिस डा. बाबुराम भट्टराईलाई ट्रोल गरेको मलाई मनै परेको थिएन। उहाँहरूले हामीकहाँ तपाईं आउँदा राम्रो हुन्छ भनेपछि केही सिक्न पाइन्छ भनेर अन्जानमै राजनीतिमा लागें। उहाँको नेतृत्वमा नयाँ शक्ति पार्टी गठन भएपछि १ लाख मान्छेको बीचमा कार्यक्रम सञ्चालन गरिरहेकी थिएँ।

उहाँको जनयुद्धमा कति अबोध मानिस बन्दुक बोकेर गएका थिए, १ लाख मान्छेको बीचमा कार्यक्रम सञ्चालन गर्नु मेरा लागि बन्दुक बोकेर गएका ती मानिसको अवस्थाभन्दा कम थिएन। ४÷५ वटा मिस्टेक पनि गरें। वास्तवमा त्यो बेला मसँग त्यस्तो कार्यक्रम सञ्चालन गर्न शब्द थिएन। तर, अब ५० प्रतिशत शब्द मसँग छन्। एउटा पार्टीमा भएकै कारण विपक्षीको गाली पनि खाएँ। पार्टीमा बसेपछि पार्टीभित्रको राजनीति र राजनीतिमा कस्ता मान्छे छन् भन्ने बुझ्ने मौका पाएँ। त्यसले मलाई नयाँ क्षितिज खुलाइदियो। म सचिवालयमा थिएँ, १ वर्षअगाडिदेखि डाक्टर सापसँग सचिवालयबाट बिदा मागिरहेकी थिएँ, पछि उहाँले लक किया जाए भनेर सोध्दै त्यहाँबाट बिदा पनि दिनुभयो। पार्टी एकीकरणको कुरा २ वर्षदेखि चलिरहेको थियो। पछि पोर्टफोलियो भएन, भँमिका भएन र आफ्नो ठाउँ आफैं बनाउँछु, जनताकै बीचमा बस्छु भनेर बाहिरिएँ।

के रहेछ राजनीति?
यो आफैंमा गहन शब्द हो। राजनीति भनेको राज्यको नीति हो। यो छायाँ सरकार हुन्छ। नीति नियम बनाई लिंग, जातजाति, समुदयालाई जोड्ने सबै त्यही हो। तर, नेपालको परिप्रेक्ष्यमा त्यहीमात्र छैन। अब त्यस्तो नेता चाहियो जसले साँच्चिकै कार्यान्वयन गर्न सकोस्।
लामो समय ग्याप भए पनि फेरि स्कुल गएर एसईई दिनुभयो। यो उमेरमा एउटी सेलिब्रेटी स्कुल जाँदा कस्तो अनुभव हुँदोरहेछ?

धेरै उमेर कमाएकी छु मैले। त्यसैले यो एजमा वास्तविकतामा आधारित रोल गर्न तयार छु। जो बिना मेकअप नै किन गर्नु नपरोस्।
पछि पार्टीमा पोर्टफोलियो भएन, भँमिका भएन र आफ्नो ठाउँ आफैं बनाउँछु, जनताकै बीचमा बस्छु भनेर बाहिरिएँ।

मानिसहरूलाई सिँढी चढिसकेपछि बीचका सिँढीहरू ग्याप गरेर ओर्लन गा¥हो पर्छ। मलाई भने त्यसरी ओर्लन गा¥हो लागेन। पुनर्निर्माण गरें र झरें। मानिसहरू माथि गएपछि किन जानुप¥यो र तल भन्थे। मचाहिँ पटक–पटक झरें। कहिले अमेरिका गएर सामान्य मान्छे भएर काम गरेर झरें, कहिले स्कुल गएर झरें। मलाई मन लाग्यो भने अब कुनै दिन खेती गरिरहेको देख्नुहुनेछ। एज ग्यापले गर्दा छोरीभन्दा सानासँग ७÷८ घण्टा बिताउन केही कठिन थियो, अहिले रमाइलो लाग्छ।

रिजल्ट के आउला भन्ने आशा गर्नुभएको छ?
त्यो बेलाचाहिँ एक्जाम राम्रै गरें जस्तो लागेको थियो। अहिलेचाहिँ डर डर लागिरहेको छ। ढुकढुकी बढ्दै छ। रिजल्ट आउने दिन गन्दै सिम्बल नम्बर खोजेर राखेकी छु।

रिजल्टपछि के विषयमा पढ्ने सोच्नुभएको छ?
पढेर पास हुन सकिने विषय नै पढ्नुपर्छ। ≈युमानिटिज लिउँ कि भन्ने लाग्छ, त्यो काम पनि लाग्छ। पोल्टिकल साइन्स पढ्ने सल्लाह पनि आइरहेको छ, अथवा सोसाइटीकै कुनै विषय पढ्नुपर्ला कि भन्ने पनि लाग्छ।

बच्चा त घरभरि भए हुन्थ्यो जस्तो लाग्थ्यो। प्रेगनेन्ट हुन, बच्चा पाउन ३ वर्ष समय चाहिन्छ। काम काम भन्दाभन्दै बच्चा जन्माइरहने फुर्सद नै भएन।

करिश्माजी कहिले बुढी हुनुहुन्छ होला?
उमेरले त बुढी भइसकें नि। तर, २० वर्षमा बिहे गर्नुपर्छ, २५ वर्षमा बच्चा हुनुपर्छ, ४० वर्षको भएपछि बाहिर जानुहुन्न, ५० माथिको भएपछि काम गर्नुहुन्न भनेर दिमागलाई किन एउटै दुःख दिने? दिमागलाई जे दियो शरीर त्यस्तै हुन्छ। ठीक छु भन्ने सोच्नुपर्छ। त्यस्तै सोचिरहेकी छु।

घरपरिवार कस्तो चलिरहेको छ?
ठिकै छ। घरपरिवार भनेको एउटा इन्स्टिच्युसन हो। जीवनभर एकअर्काको साथ रहनुपर्छ। अब आएर एउटा स्थिर अवस्थामा पुग्यौं जस्तो लागेको छ। विनोदजी र मेरो एज डिफरेन्स थियो। उहाँ पनि एज डिफरेन्सले तिमीले मेरो कुरा नबुझेको हो कि भन्ने गर्नुहुन्थ्यो। हामीबीच कति उतारचढाव र कति मनमुटाव पनि भयो। हामी यो स्थिर अवस्थामा पुगेको विनोदले बुझेर हो। अब केही हुनेवाला छैन। हामीले ६० माक्स पायौं। पहिले हाम्रो खुसी फरक–फरक थियो होला। अब साझा खुसी छ। कविता छ, उसको भविष्य छ।

तपाईंलाई कहिल्यै छोराको चाहना भएन?
चाहना थियो। बच्चा त घरभरि भए हुन्थ्यो, थुप्रै भए हुन्थ्यो जस्तो लाग्थ्यो। प्रेगनेन्ट हुन, बच्चा पाउन ३ वर्ष समय चाहिन्छ। काम काम भन्दाभन्दै बच्चा जन्माइरहने फुर्सद नै भएन। बच्चालाई बुबाले छोड्न मिल्छ, आमाले त छोड्नै मिल्दैन। काममाथि कामले गर्दा अरू बच्चा जन्माउने फुर्सद भएन। अर्को बच्चा जन्माएको भए कविता पनि खुसी हुन्थिन्।

बुढेसकाल कसरी बिताउने सोच छ?
आफ्नो लागि केही न केही गर्छु। जायजेथा भयो भने यस्तो ठँलो घर बनाउँछु, जहाँ सबैको बीचमा मेरो घर होस्। आफँ पनि बस्न सकियोस् र अरूलाई पनि राख्न सकियोस्। घर नहुनेलाई घर दिन्छु। हेर्नुस् न मेरो सासँ बुढी भइसक्नुभयो, आमा पनि बुढी भइसक्नुभयो, विनोदजी पनि बुढो भइसक्नुभयो। आमा र सासँ एक्लै पर्नुभएको छ। को आउला कुरा गर्न भनेर कुरा गर्ने मानिस कुरेर बस्नुहुन्छ। भोलि हामी पनि त्यस्तै हुने त हो नि। त्यसैले कुरा गर्ने मान्छेको अभाव नहुने र सबैजना अटाउने गरी ठँलो घर बनाएर बस्ने मन छ। होस् अहिलेलाई योभन्दा बढी टाउको नदुखाऊँ।

प्रतिक्रिया दिनुहोस्