सिद्धार्थ बैंककाशाखा थपिए



काठमाडौं, (नेस)
सिद्धार्थ बैंकले दोलखाको चरिकोट तथा रामेछापको गोकुलगंगा शाखा स्थापना गरी सेवा शुरू गरेको छ ।

बैंकको चरिकोट शाखाको उद्घाटन भिमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी तथा शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकका प्रवद्र्धक शेयरधनी आत्मकृष्ण श्रेष्ठ र गोकुलगंगा शाखाको उद्घाटन गोकुलगंगा गाउ“पालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले गर्नुभएको थियो ।

बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन काउन्टरसहित), १०० शाखारहित बैंकिङ सेवा, १६९ एटीएम र १३ सयभन्दा बढी पीओएस मेसिनमार्फत बैैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्