अडानले हावा खाएसी



ताराबाजी लै लै मामा आए घोडा, माइजु आइन् डोली पापा ल्याइन् सोली….। यो बालगीत नसुन्ने नेपाली विरलै होलान् । जब–जब नयाँ सरकार गठन हुन्छ, सरकारका मन्त्री उही बालगीतका मामा माइजु जस्तै बन्छन् । उही पुरानो बालगीत बिर्सिएका तन्नेरी, अधबैशे र सरकारी भत्ता खाने बा आमाले नयाँ मन्त्रीबाट ‘पापा’को अपेक्षा ग¥या धरहराले देख्दै आएको छ ।

मन्त्रीहरु पनि पापा ल्याउने आश्वासन दिन पछि पर्दैनन्, टन्नै पापा ल्याउने कुरा गर्छन् । तर मन्त्री बन्या धेरैपछि सम्म पनि पापा पुग्दैन, कहाँ हराउँछ, हराउँछ । विदेशबाट पापा ल्याउन योग्यलाई मात्रै राजदूत बनाउने, अनुपयुक्त पात्रलाई पापा ल्याउन सिफारिसै नगर्ने, विज्ञको सुझाव ग्रहण गर्ने भन्थे परराष्ट्र मन्त्री ज्ञवाली तर अहिले कुरो बेग्लै भा’छ भन्ने बजार हल्ला छ ।

सरकारले विभिन्न ४ मुलुकमा राजदूत सिफारिस ग¥या छ तर सिफारिस भएका सबै कुटनीतिक ज्ञान अनुभव नभएका परेसी मन्त्रीको प्रतिवद्धता कता खुस्कियो भन्दै चर्चा गर्नेहरु शहर बजारमा बाक्लै भेटिन थाल्या छन् । सत्तारुढ दलका बरिष्ठहरुको ढक तराजु मिलाउँदा ज्ञवालीको अडानले राम्रै हावा खाएको परराष्ट्र मन्त्रालयभित्र सुनिन थालेसी जो कोहीले दूधको दूध पानीको पानी नछुट्याउने भन्ने कुरै छैन ।

प्रतिक्रिया दिनुहोस्