आफ्नालाई अर्ती, अन्यलाई…?



साङ्गीतिक बजारमा गलबन्दी र चौबन्दीले धमाका मचाइराख्या बेला फ्याट्ट इटहरीका मेयर चौधरी भिलेन निस्किएका छन्। उनी आमसञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाएपछि चौबन्दी र गलबन्दी च्याताच्याता केही हदसम्म रोकिएको छ। चौधरीले अब केही दिन बजार पिट्ने सम्भावना बढ्या छ।

चौधरीको चर्चा चुलिन थालेसी सत्तारुढ दलका केही नेता उनलाई संयमित बन्न सुझाइरा’ छन्। नेकपाका केही केन्द्रीय नेता उनको हक्की स्वभाव, वाककला र ‘इमान्दारिता’ को राम्रै फ्यान रहेछन्, चौधरीको त्यस्तै गुण उम्लिएर छताछुल्ल हुन थालेसी फ्यानसमेत अहिले हल्का आलोचक पनि भा’छन्।
धेरै नउम्लिन, आफ्नो पदीय जिम्मेवारी ख्याल राख्न सुझाउँदै नेकपाका केन्द्रीय सचिव योगेशले भनेका छन्– ‘आफ्ना भनाइप्रति सार्वजनिक रूपमा आत्मआलोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन मेयर द्धारिकालाल चौधरीलाई म विनम्र अनुरोध गर्दछु।’ सामाजिक सञ्जालमा छाएको योगेशको यो शैली नेकपाका अन्यले पनि हुबहु पच्छ्याएका छन्।

यही सुझाव र निर्देशन पार्टी मुख्यालय धुम्बाराहीले पनि इटहरी पुर्यायो कि सामाजिक सञ्जाल नै काफी छ, धरहरालाई यस्तै खसखस। अनि पार्टीका जिम्मेवार कम्रेड महोदय, मेयरलाई यस्तै लचिलो अर्ती दिए पुग्छ? अन्य पार्टीका मेयर वा अन्य पदाधिकारी चौधरीझै उम्लिया भए कम्रेडहरुको तर्क यस्तै हुन्थ्यो र भन्या ?

प्रतिक्रिया दिनुहोस्