कम्प्युरटरबारे ज्ञान



नेपाल समाचारपत्र, ललितपुर
कम्प्युटर विज्ञानको क्षेत्रमा सहभागिता बढाउन माइक्रोसफ्टले बुधबार विश्वव्यापी पहल ‘आवर अफ कोड’ आयोजना गरेको छ। विद्यार्थी र शिक्षकहरूमा कम्प्युटर विज्ञानको बुझाइ अभिवृिद्ध गर्ने अभिप्रायले ललितपुरको लुभुस्थित ब्लुम नेपाल स्कुलमा आयोजित उक्त कार्यक्रममा सहभागीहरूलाई एक घण्टाको कोडिङ सत्रमा सामेल गराइएको थियो।

नेपालमा माइक्रोसफ्टको आधिकारिक शैक्षिक साझेदार संस्था सोचवेयरद्वारा कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीका लागि सञ्चालित उक्त कार्यक्रममा सहभागी हुन माइक्रोसफ्टकी साउथ इस्ट एसिया न्यु मार्केट्स जनरल म्यानेजर काठमाडौं आउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्