ढलपल ढलपल वैंश सार्वजनिक



इटहरीकी कार्यक्रम सञ्चालिका तथा गायिका गंगा गौतम आचार्यले विश्व देवकोटाको शब्द तथा विपीन आचार्यको संतीतमा ढलपल ढलपल भयो वैंश कहाँ पोख्ने जवानी बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेकी छिन्।

लाइभ लोकदोहोरी गीतमा पूर्वको प्रतिनिधित्व गर्दै आफूलाई देश–विदेशका कार्यक्रममा प्रस्तुत गर्दै आएकी गायिका गंगा यसपटक भने आधुनिक गीत लिएर प्रस्तुत भएकी छिन्।

जमाना गीत सुन्ने मात्र नभई हेर्ने सुन्ने दवै भएकाले गंगाले करिब एक वर्ष अगाडि रेकर्ड गरिएको गीतलाई म्युजिक भिडियोका रूपमा सार्वजनिक गरेकी हुन्।

आइटम र हिपहप नुत्यमा दुई मोडललाई शालिन नुत्यका साथ प्रस्तुत गरिएको भिडियो सुमनसागरजंग केसीले निर्देशन गरेका छन्।

टिभी रियालिटी शो वुगी वुगीको उत्कृष्ट २० भित्र पर्न सफल सरू पोख्रेल, सुमनसागरजंग केसी र पूजा उप्रेतीको अभिनय रहेको भिडियोमा सरू पोख्रेलले कोरियोग्राफी रहेको छ। दिनेश पराजुलीको छायांकन, सुरेश राउतको सम्पादन रहेको भिडियो एभरेस्ट अनलाइन टेलिभिजन युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्