कागको पछि दौडिँदा



‘कागले कान लग्यो भन्दैमा कागको पछि दगुर्ने होइन, कान छाम्नु उत्तम’ भन्ने अर्ती कुनै घर्ती गाउँका लागि मात्रै होइन। उखान बुझ्ने जुनसुकै गाउँ र जो–कोहीका लागि उत्तिकै सान्दर्भिक छ। यो उखानको ओझ कति छ कति, पत्रकार र उनका सञ्चारमाध्यमले त झनै बुझ्नुपर्ने भा’छ।

धेरै पत्रकार अहिले कान छाम्दैनन्, कागको पछि दौडन्छन् भन्ने कुरो सोलुखुम्बुको प्रहरी चौकीबारेको समाचारले घामझै प्रस्ट्याएको छ।
‘सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ को छेस्कामको प्रहरी चौकी विप्लव समूहले आक्रमण ग¥यो’ यस्तै व्यहोराको समाचार सोमबार कुनै अनलाइनले पोस्ट्याएसी भएभरका अनलाइनलाई राम्रै मसला बन्यो। आफैैं फिल्डमा गएर समाचार ल्याएझैं दाबी गर्ने अनलाइन त कति देखिए देखिए।

सुरक्षा निकाय भन्छ– ‘प्रहरी चौकी छोडेर हिँडेको कुरा प्राप्त भएको छ, तर आक्रमण भएको कुरा सरासर गलत हो, चौकी तोडफोड भएकै छैन।’
सोलुको यो एउटा पछिल्लो उदाहरण मात्रै हो, यस्ता कहानी कति छन् कति। भनेसी, पत्रकारले कान छाम्दा रै’छन् कि कागको पछि लाग्दा रै’छन् पाठकवृन्दले कुरो आफैं ठम्याउनुप¥यो।

प्रतिक्रिया दिनुहोस्