शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सफल



भगवती तिमल्सिना
असम्भव भन्ने केही हुन्न, अनुसन्धान र खोजले हरेक समस्याको समाधान निकाल्न सकिन्छ। यही मन्त्र जप्दै चिकित्साशास्त्र अध्ययन संस्थानमा अध्ययन पूरा गरी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत व्रष्ठ डा. रमेशसिंह भण्डारीलाई नेपालबाट कलेजो प्रत्यारोपणका लागि बिरामीहरू बाहिरिनुपर्ने बाध्यताको अन्त्य कसरी गर्ने भन्ने चिन्ताले सतायो। यसै क्रममा उहाँले अस्पतालको टिमसँग सरसल्लाह गरी कलेजो प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमै सम्भव छ भन्ने निष्कर्ष निकाल्यो।

उहाँले यस्ता समस्याको समाधान सरकारी अस्पतालबाट पूरा गरेर देखाउने अठोटका साथ २ वर्ष अस्ट्रेलियामा तालिम लिई १ वर्ष पुनः त्रिवि शिक्षण अस्पताल फर्कनुभयो। झण्डै ३ वर्ष लामो अथक प्रयासपछि यही जेठ १७ गते अपोलो अस्पतालका विशेषज्ञको निरीक्षण र सहयोगमा डा। रमेशसमेतको नेपाली टोलीले ३३ वर्षीया छोरीको कलेजोको टुक्रा निकालेर ५८ वर्षे बाबुलाई १६ घण्टा लामो प्रयासमा कलेजो प्रत्यारोपण गरी वर्षौंदेखिको सपना साकार पारेका छन्।

जहाँ चिकित्सक उत्पादन हुने मूल थलो छ, त्यहाँ जटिल समस्याको समाधानका लागि सोच नबनाए कसले बनाउँछ भन्ने सोचका साथ योजना बनाएर अघि बढेको त्रिवि शिक्षण अस्पताल तथा डा। भण्डारीको टोलीले पहिलोपटक सफलता हात पारेको छ।

डा। भण्डारी भन्नुहुन्छ– ‘हाम्रो टिम एक सातादेखि नै कलेजो प्रत्यारोपणका लागि उत्साहित र केन्द्रित भएको थियो। अस्ट्रेलियमा तालिम लिँदा अरूले सिकाएको कुरा सिक्दा निकै खुसी लागेको थियो। यहाँ आफ्नै नेतृत्वमा कलेजो प्रत्यारोपण गर्नुपर्ने भएकाले निकै चिन्ता लागेको थियो। तर, हामी पुरै टिममा आत्मबल थियो। सीप र अठोट बोकेर अनुभवी भारतबाट आउनुभएका कलेजो प्रत्यारोपण विशेषज्ञ डा। निराभ पनि हाम्रो साथमा हुनुहुन्थ्यो। बिहान सबेरैदेखि टोली तयारीमा जुट्यौं। शुक्रबार बिहान ८ बजेबाट शुरू भएको शल्यक्रिया बल्ल शनिबार बिहान साढे १२ बजे सकियो।’

जहाँ चिकित्सक उत्पादन हुने मूल थलो छ, त्यहाँ जटिल समस्याको समाधानका लागि सोच नबनाए कसले बनाउँछ भन्ने सोचका साथ योजना बनाएर अघि बढेको त्रिवि शिक्षण अस्पताल तथा डा। भण्डारीको टोलीले पहिलोपटक सफलता हात पारेको छ।

त्रिवि शिक्षण अस्पतालका साथै नेपालकै लागि यो एउटा ऐतिहासिक कार्य भएकाले शल्यक्रियामा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी, प्राविधिकसहित ४ दर्जनको संख्या टोलीमा समावेश भएका थियौं। कलेजो प्रत्यारोपणका लागि शल्यचिकित्सक मात्रै १२ जनाको टोली थियौं। डा। भण्डारीका अनुसार एनेस्थेसियामा डा। अमित भट्टराई र डा। पंकज जोशी, कलेजो प्रत्यारोपणको क्रिटिक केयरमा डा। सुवास आचार्य र डा। प्रमेश सुन्दर श्रेष्ठ, डा। राहुल पाठक ९लिभर ट्रान्सप्लान्ट हेपाटोलोजी०, रेडियोलोजीमा डा। दिनेश चटौत, डा। अजित थापा संलग्न हुनुहुन्थ्यो। त्यसै गरी प्याथोलोजीमा डा। अनिलदेव पन्त, पेडियाट्रिक लिभर ट्रान्स्प्लान्ट हेपाटोलोजीमा डा। सूर्यबहादुर थापालगायतको टोलीको अथक प्रयासका कारण शल्यक्रिया सफल भयो।

शल्यक्रियाका लागि वातावरण बनाउन र उपकरणका लागि आवश्य रकम उपलब्ध गराएर पूर्वस्वास्थ्यमन्त्री गगन थापाले ठूलो भूमिका निर्वाह गर्नुभयो। गगन थापा स्वास्थ्यमन्त्री भएका बखत हामीले उहाँलाई नेपालको त्रिवि शिक्षण अस्पताल विशेषज्ञ चिकित्सकको भण्डार भएको थलो हो, यस अस्पतालमा नै कलेजो प्रत्यारोपणको सम्भावना छ, तपाईंले सहयोग गर्नुप¥यो भनेका थियौं। उहाँले के कति लाग्छ रिपोर्ट दिनुहोस्, मन्त्रालयले नेपाली जनताको स्वास्थ्य सेवाका लागि सक्दो सहयोग गर्छ भन्नुभयो।

हामीले १५ करोड आवश्यक पर्ने अध्ययन रिपोर्ट बुझायौं। उहाँ आफैं पटक–पटक त्रिवि शिक्षण अस्पताल आएर अवलोकन गर्नुभयो र यो त्रिवि शिक्षण अस्पताल भए पनि सरकारको शान हो, काम गर्नलाई स्वास्थ्य मन्त्रालय मातहतकै हुनुपर्छ भन्ने छैन भन्दै ११ करोड अनुदान रकम उपलब्ध गराउने निर्णय गर्नुभयो। यो निर्णयले हामीलाई हौसला मिल्यो र प्रत्यारोपणका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण खरिद ग¥यौं र अस्पतालले थप व्यवस्थापन गरेर आज यो अवस्था आएको डा। भण्डारी भन्नुहुन्छ।

पूर्वस्वास्थ्यमन्त्री तथा नेता थापाले स्वास्थ्य सेवालाई गहनरूपमा हेर्नुका साथै उहाँ मन्त्री भएकै अवस्थामा शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणका लागि पूर्वाधार तयार गर्न भनी ४ करोड आईसीयू र अन्य सेवा विस्तारका लागि थप १० करोडसमेत गरी कुल २५ करोड उपलब्ध गराउनुभएको थियो। यसका साथै अंग प्रत्यारोपणका लागि कानुनी व्यवस्था र कलेजो प्रत्यारोपणका लागि आवश्यक पर्ने कानुनी प्रक्रिया पूरा गर्नलाई समेत सहजीकरणको भूमिका खेल्नुभयो।
डा। भण्डारी भन्नुहुनछ– ‘कलेजो प्रत्यारोपण गरेको बिरामीलाई २ सातासम्म सघन उपचारकक्ष ९आईसीयू० मा राख्नुपर्ने हुन्छ। त्यसैले अहिले त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण युनिटमा चार बेडको आईसीयू सुचारु भइसकेको छ।’
नेपालको त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण शुरू गरिएको र यसलाई प्रत्येक महिना प्रत्यारोपण गर्ने योजनाका साथ बिरामी, दाता, चिकित्सक, प्राविधिक, प्रत्योरापण विशेषज्ञसहितको टोली तयारी अवस्थामा रहेको डा। भण्डारीले जानकारी गराउनुभयो।
नेपालमा पहिलोपटक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २०७३ साल मंसिर २२ गते कलेजो प्रत्यारोपण भएको थियो। कोरियन टोलीको सहयोगमा केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा शुरू भएको कलेजो प्रत्यारोपण हालसम्म ४ जनाको भएको डा। श्रेष्ठले जानकारी गराउनुभयो। उहाँ थप्नुहुन्छ– ‘थप २ जना बिरामी प्रत्यारोपणका लागि तयारी अवस्थामा छन्। विदेश जाँदा १ करोडको हाराहारीमा खर्च हुन्छ। निजी अस्पतालमा जानुपर्ने र हवाई खर्च, कुरुवा खानपान सबै कुरा महँगो पर्छ। नेपालमै गर्दा १५ देखि २० लाखको हाराहारीमा प्रत्यारोपण सम्पन्न हुन्छ। नेपालको त्रिवि शिक्षण अस्पताल जहाँ विशेषज्ञ नै विशेषज्ञ रहेर काम गर्न पाउने ठाउँमा कलेजो प्रत्यारोपणको शुरुआत भएको समाचारले आफूलाई अत्यन्तै खुसी लागेको छ। अब नेपाली बिरामीले विदेश गएर अनावश्यक ऋणभार बोक्नुपर्ने झन्झट केही हदसम्म भए पनि कम हुने कुराले आफुलाई खुसी लागेको छ।’

विषेश गरी कलेजोमा समस्या आउने विभिन्न कारण हुन सक्छन्, त्यसमा पनि अत्यधिक मात्रामा रक्सी सेवन गर्ने, धुम्रपान गर्ने, लागूऔषध सेवन गर्नेजस्ता आदत भएका व्यक्तिमा बढी समस्या हुने गर्दछ। यसका लागि माथिका कुराहरू नखाने र स्वस्थ जीवन जिउन खानपान, आहार, दैनिक व्यायाम र चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य परीक्षण गरी उपचारमा जानुपर्ने डा। भण्डारी बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्