पानी फोटोबाट खगेन्द्र पनि निर्देशक



अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अब निर्देशक बन्ने भएका छन्। लामिछानेले पानी फोटो नामक फिल्मबाट निर्देशनमा डेब्यु गर्ने भएका हुन्।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा लामिछानेले पानी फोटो नामक फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेको जानकारी गराए। उनले आफूले लेखेको नाटकलाई फिल्मको स्वरुप दिन लागेको बताए। ‘यो मेरो सपना थियो कि यसलाई फिल्म बनाउने।

किनकि म यो कथालाई धेरै दर्शकमाझ पुर्याउन चाहन्छुु’, खगेन्द्रले भने– ‘मैले नाटक मञ्चनकै समयमा यसलाई फिल्मका रूपमा बनाउनेबारे सोचेको थिएँ।’ फिल्ममा झन्डै डेढ दशकअगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बाआमाको कथा हुनेछ। यो फिल्म दशकअगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक पानी फोटोमाथि बन्दै छ।

लामिछानेले आप्mनो बाल्यकालका केही सम्झना पनि समावेश भएकाले पानी फोटो नाटकलाई फिल्म बनाउनेबारे सोचेको बताए। टुकी आट्र्स र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले संयुक्तरूपमा निर्माण गर्ने फिल्म सन् २०२० मा रिलिज गरिनेछ। खगेन्द्रसँगै सुनील पोखरेल, अनुप बराल, निशा शर्मा पोखरेल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, श्यामकुमार खड्कालगायतका कलाकारले अभिनय गर्ने फिल्ममा दीपक बज्राचार्यको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ।

प्रतिक्रिया दिनुहोस्