रासायनिक मल सहज होस्



सरकारलाई राम्रोसँग थाहा छ, गाउँघर युवाविहीन छन्। गाउँका खेतका गरा गौचरनमा परिणत भइरहेका छन्। घरघरमा उत्तराद्र्धको जीवन बाँचिरहेका वृद्धवृद्धा मात्रै बाँकी छन्। कदाचित कोही कसैको मृत्यु हुँदा मलामी जाने पुरुषसमेत छैनन्। मान्छे मर्दा महिलाकै भरमा मलामी जानुपर्ने अवस्था आइसकेको छ। के यस्तो अवस्था सिर्जना हुनु राज्यको दोष होइनरु खोइ राज्यको नीति र योजनारु ठूलाठूला महŒवाकांक्षी योजनाका गफले मात्र परिवर्तन आउँछरु समृद्धि र विकास हुन्छरु गाउँलेको मुहार फेरिन्छरु कहिलेसम्म देशका जनशक्ति विदेशमा श्रम गर्न पठाउनेरु देश बनाउने जनशक्ति विदेश पलायन गराएर खुर्सानीदेखि सियोसम्म विदेशबाटै आयात गरेर कतिञ्जेल समृद्धिको रट लगाउने ?

जनतामा उत्साह छैन। स्वदेशमै श्रम गरौं, पसिना बगाऔं, सुन फलाऔं भन्ने ऊर्जा दिने कसलेरु किसानले उत्पादन गरेको तरकारी खेतमै जोत्नुपर्ने, पसिना बगाएर उत्पादित फलफूलले बजार नपाउने, दूध किसानले सडकमा दूध पोख्नुपर्ने, अण्डा उत्पादक किसानले प्रतिगोटा ४ रुपियाँ घाटा खानुपर्ने, उखु किसानले वर्षौंसम्म भुक्तानी नपाउने, किसानले समयमा मल, बीउबिजन नपाउने अनि कसरी बन्छ देशरु कसरी समृद्ध बन्छन् जनतारु सरकारले यी यावत् सवालहरूको जवाफ दिन सक्नुपर्छ।

मुलुकलाई माया गर्ने नेपाली दाजुभाइहरू चर्को ऋण काढेर खाडी मुलुकका ५५ डिग्री घाममा पसिना बगाउन बाध्य छन्। गाउँघरमा सीमित किसानले कृषि उत्पादन गर्छन्, तर समयमा मल पाउँदैनन्। मलमा समेत कृत्रिम अभाव देखाएर किसानहरूलाई सास्ती दिने काम भइरहेको छ। मल नपाएपछि किसानहरू चर्को मूल्य तिरेर खरिद गर्न बाध्य हुन्छन्। सरकार जनताले मागेको समयमा मलसमेत उपलब्ध गराउन सक्दैन भने किसानका लागि सरकारको उपस्थिति कहाँ रहन्छ ?

समयमा मल नपाएपछि कृषि उब्जनी घट्छ, उब्जनी घटेपछि किसानको श्रम र पसिना खेर जान्छ। बर्सेनि मलको अभाव भोग्नु किसानको नियतिजस्तै भएको छ। बर्सेनि एउटै समस्या दोहोरिनु सरकारको गैरजिम्मेवारीपन हो। सर्वप्रथम मलमा कृत्रिम अभाव देखाएर लुट्ने शृंखलाको अन्त्य हुनुपर्छ। किसानलाई सरल, सहज र सुलभ मूल्यमा रासायनिक मल उपलब्ध गराउन सरकार अग्रसर हुनु उत्तिकै आवश्यक देखिन्छ।
– गगन सुवेदी, हाल ः भक्तपुर।

प्रतिक्रिया दिनुहोस्