वामदेवको बमबम



ज्यान र मन घुलमिल नभए पनि टाउको मात्रै जोडेका नेकपाका अध्यक्ष पीके याने पुष्पकमल दाहाल प्रचण्डले दुई दिनअघि एकाएक राजनीतिक तरंग ल्याए। त्यो तरंगमा ढुंगा हानेर त्यसको छाल उठाउने काम सोही पार्टीका नेता वामदेव गौतमले गरेका छन्।

नेकपाकै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दाहाल र गौतमको यो योजनाबद्ध क्षेप्यास्त्र हो भन्ने कुरा धरहराले बुझेकै छ। बेला पनि कस्तो जानेका, ओली मोदीलाई भेट्न जाने एक दिनअघि नै यस्तो तरंग आयो। यसमा कुच कुच हो ता हे भन्ने प्रस्ट भइहाल्यो। वामदेव पनि कति बमबम भाका भन्यारु उनलाई बडो इगो छ क्या१ बर्दियाबाट चुनाव हार्दा ओलीले नै हराए भन्नेछ उनलाई। अस्तिताका काठमाडौंबाट एक सांसदको पद खोसेर आफू बन्ने अनि प्रचण्डको पाउमा दाउ हालेर प्रधानमन्त्री पड्काउने उनको इरादा थियो। त्यो सपना पनि ओली पक्षले उडाइदियो। विचरा रवीन्द्र अधिकारीको अकालमै मृत्यु भयो ताप्लेजुङको विमान दुर्घटनामा।

वामदेव उनको परिवारमा समवेदना दिन के गएका थिए त्यहीं उठ्न खोज्यो भन्ने हल्ला भयो त्यो शोकको बेलामा पनि। त्यही भएर होला वामदेव सहमतिअनुसार सरकार र पार्टीको नेतृत्व भद्र सहमतिकै आधारमा हुनुपर्छ भनेर बमबम गरिरहेका।

प्रतिक्रिया दिनुहोस्