लाजले उपचार गराउँदैनन् पाठेघर खसेका महिला



डोटी ।
समाजिक लोकलाज तथा गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश आङ ९पाठेघर० खसेका महिला अझै गाउँमै आफ्नो रोग लुकाएर बस्न बाध्य भएका छन् ।

समाजिक लोकलाजका कारण उनीहरु उपचार गराउन खुलेर अस्पताल आउन सकिरहेका छैनन् । जिल्लामा पटकपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भए पनि उनीहरु गाउँ समाजमा हुने लाजका कारण उपचार नगराई घरैमा बस्न थालेको जिल्ला अस्पताल डोटीका डा भुषण मिश्रले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले जिल्लामा कैयाँैपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ग¥र्यांै तर हाम्रो लक्ष्यअनुसार उहाँहरु आउनुभएन, कारण के भन्दा समाजको लाज रहेछ ।” जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा करीब तीन÷चार दर्जन बढी पाठेघर खसेका महिला छन् । जो समाजमा हुने लाजका कारण खुलेर उपचार गराउन आउन सकिरहेका छैनन् । पाठेघर खसेका बारेमा श्रीमान्लाई भन्दा अर्को विवाह गर्लाकी भन्ने डरले श्रीमान्लाई पनि यो रोगका बारेमा खासै नभन्ने गरेको जोरायल गाउँपालिका वडा नं ५ गड्सेराकी तुलसी विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले गाउँघरमा अधिकांश महिला पाठेघरको समस्या भएको पाएका छौँ, उनीहरुले आफ्ना श्रीमान्लाई पनि दोस्रो विवाह गर्ने गर्ला भन्ने डरले नभन्ने गरेको बुझयौँ, श्रीमान्ले सहयोग गरे महिला उपचार गराउन आउने छन् ।” आफ्नो ज्यान नै जोखिममा राखेर यहाँका महिला रोग लुकाउने गरेको डा भुषण मिश्रले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ज्यान जोगाउनबाट बचाउनुहुन्छ भने श्रीमतीलाई उपचार गराउन ल्याउनुहोस् ।” जिल्लामा पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिए पनि लाजका कारण महिला नआउने गरेको चिकित्सक बताउँछन् ।

निःशुल्क विद्युत् मिटर वितरण

विपन्न नागरिकका लागि दिपायल सिलगढी नगरपालिकामा निःशुल्करुपमा विद्युत्का मिटर वितरण गरेको छ । नेपाल विद्युत् प्राधिकरण अत्तरीयाका क्षेत्रीय प्रमुख सतिसकुमार कर्णले उक्त कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । दिपायल सिलगढी नगरपालिका वडा नं २ का आठ जना र वडा नं ५ का तीन जना गरी कूल ११ जनालाई निःशुल्करुपमा मिटर बक्स प्रदान गरिएको छ ।

सो अवसरमा क्षेत्रीय प्रमुख कर्णले नेपाल विद्युत् प्राधिकरण विद्युत् उत्पादन र बिक्री वितरण गर्ने भए तापनि सामाजिक दायित्व पनि उत्तिकै भएकाले विपन्न नागरिकलाई निःशुल्क सेवा प्रदान गरिएको बताउनुभयो ।

प्राधिकरणले अति विपन्न परिवारका लागि निःशुल्क विद्युत्को मिटर, एमसिवी र २ वटासम्म विद्युत् पोल वितरण गर्ने तथा सांस्कृतिक महत्व बोकेका सार्वजनिकस्थलमा पनि उक्त सेवा निःशुल्क प्रदान गरिरहेको विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र प्रमुख बुद्धिनाथ झाले बताउनुभयो । कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका कार्यवाहक नगरप्रमुख एवं उपप्रमुख शिवराज खड्काले बिजुली बाल्न नपाएर अँध्यारोमा बस्न बाध्य घरपरिवारलाई विद्युत् प्राधिकरणसँगको समन्वयमा नगरपालिकाले पहल गरिएको बताउनुभयो । मिटर, पोल र तारले मात्रै नपुग्ने भन्दै खड्काले ट्रान्सफर्मरको उचित व्यवस्था गरी प्रभावकारीरुपमा बत्ती बाल्ने व्यवस्थाका लागि प्राधिकरणसँग आग्रह पनि गर्नुभयो ।

जेब्रा क्रसिङ नहुँदा समस्या

सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा रहेका सडकमा जेब्र क्रसिङ नहुँदा पैदल यात्रुलाई बाटो काट्न समस्या भएको छ । सुदूरपश्चिम प्रदेशका ठूला शहर कैलाली र कञ्चनपुर बाहेकका अन्य सात वटा पहाडी जिल्लाका सडकमा जेब्रा क्रसिङ राखिएको छैन । यहाँका निकै भीड तथा ब्यस्त हुने बजारका सडक तथा विभिन्न राजमार्गमा जेब्रा क्रसिङ नहुँदा बाटो काट्न निकै समस्या हुने गरेको स्थानीयवासी महेन्द्र थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहाडी जिल्लाका ठूला बजारमा समेत जेब्रा क्रसिङ छैनन्, बाटो काट्न समस्या हुने र जथाभावी बाटो काट्दा गाडीले ठक्कर दिने गरेका छन् ।” यहाँका अन्य जिल्ला अछाम, बझाङ, बैतडी, बाजुरा, दार्चुला, डडेल्धुरा तथा डोटीका व्यस्त रहने बजारमा वर्षौंदेखि जेब्रा क्रसिङ तथा ब्रेकर नहुँदा दुर्घटनाको जोखिम निकै बढ्दै गएको दिपायल पिल्ला बजारका स्थानीय वीरेन्द्र पनेरुले बताउनुभयो ।

“बजारमा जेब्रा क्रसिङ त पहिलेदेखि नै थिएन तर ब्रेकर राखिएको थियो केही समय पहिले सडक रोसिलिङ गर्दा त्यो पनि भत्काइदिए”, उहाँले भन्नुभयो, “बजारमा हिँड्नसमेत गाह्रो भएको छ, तीव्रगतिमा गाडी आउँछन् कतिबेला कसको ज्यान जान्छ, थाहा छैन ।” डोटी जिल्लामा राष्ट्रिय राजमार्गसँग जोडिएका सडकमा ब्रेकर र जेब्रा क्रसिङ नहुँदा दुर्घटना बढ्दै गएको छ । पछिल्लो समयमा सवारी साधनको चाप बढ्दै गएपछि सवारी दुर्घटनाको जोखिम पनि बढ्दै गएको हो । सडकमा तीव्र गतिमा सवारी साधन हाकिरहेका हुन्छन्, ब्रेकर र जेब्रा क्रसिङको अभावमा गति नियन्त्रण नहुँदा दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दिनभरि बीच सडकमा उभिनुपर्छ ब्रेकर र जेब्रा क्रसिङ छैन, ज्यानको खतरा त अरुभन्दा बढी हामीलाई हुने गरेको छ ।” सडकमा ब्रेकर र जेब्रा क्रसिङ नभएको यस क्षेत्रका सबै प्रमुख तथा विशिष्ट व्यक्तिलाई थाहा भए पनि त्यसको नियन्त्रणका लागि कहीँकतैबाट पहल हुन नसकेको स्थानीयको आरोप छ ।

त्यस्तै सडकमा जेब्रा क्रसिङ तथा ब्रेकर नहुँदा आफूहरुलाई पनि गाडी चलाउन समस्या भएको सुदूरपश्चिम यातायातका बस चालक दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “सडकमा ब्रेकर र बजारमा जेब्रा क्रसिङ राखिएको छैन, हामीलाई पनि चाँडो पुग्न हतार हुन्छ गाडी तीव्रगतिमै हुन्छ, कतिबेला मान्छे आउँछ र ठोकिन्छ भन्ने चिन्ताले हैरानी बनाउने गर्छ ।”
रासस

प्रतिक्रिया दिनुहोस्