नदीभित्रकाे ७ सय वर्ष पुरानो मन्दिर, जती पटक डुब्दा पनी जस्ताको तस्तै



७ सय वर्ष भन्दा पहिले चीनमा निर्माण भएको एक मन्दिर अझै पनी जस्ताको तस्तै रहेको छ । चीनको इजोऊ प्रान्तमा रहेको यांग्त्से नदीको बिचमा रहेको यो मन्दिर हजारौँ पटक पानीमा डुबिसकेको छ । तैपनी यो मन्दिर जस्ताको तस्तै रहेको छ ।

यो नदीमा आएको बाढीले मन्दिरलाई कुनै पनी किसिमको नोकसानी गरेको छैन ।चीनमा कुनै समय शासन गरेका सोन्ग वंशका शासकहरुले बनाएको यो मन्दिर उक्त शासकहरुले नदिको चिमै बनाउन लगाएका थिए । उक्त मन्दिर गत वर्ष पनी अधिकांश समय पानीमै डुबिरहेको थियो ।

अहिले भने केही मात्रामा मन्दिर देखिएको छ । यो मन्दिरको आधा भाग जहिल्यै डुबिरहेको हुन्छ । मानिसहरु यहाँ ढुंगा चढेर जाने गरेका छन ।
(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्