उ…



नाममा ओली दिलमा देउवा

मोदी दोस्रो कार्यकालका लागि दोहोरिएका छन्। । उनी फेरी हाम्रा पीएम ओलीका दौतरी भा’छन् । दौतरी नियुक्त हुने टुङ्गो नलाग्दै बधाई दिन भ्याएका ओली अहिले मोदीसँग प्रत्यक्ष अंकमाल गर्न दिल्ली पुग्या छन् ।

अन्य मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुलाई पनि निम्ता गरिएको मोदीको सपथ ग्रहणमा ओली–मोदी वीचको हस्तमिलन र अंकमाल कति कसिलो हुने हो, आम नेपालीलाई खुलदुलीको विषय बन्या छ । कुरो, यता र उताको दुईतिहाईको जो छ । फेरी उही कुर्चीमा दोहोरिएका मोदीलाई ओलीलाई बुझ्ने र नेपाल हेर्ने चस्मा पनि बदल्या छन् कि, यस्तै यस्तै खसखस धरहरालाई पनि लाग्या छ ।

व्यस्त कार्यतालिका वीच ओली विहीवार दिल्ली उत्रि¥या छन् । तर केही भारतीय टेलिभिजनले ‘ओली दिल्ली आए’ भन्दै काँग्रेस नेता देउवाको फोटो प्रष्टसँग दोहो¥याएका छन् । कतै मोदीको नयाँ चस्माले पनि अब ‘नाममा ओली दिलमा देउवा’ भन्या त हैन ?

प्रतिक्रिया दिनुहोस्