काउकुती लाग्दा किन उठ्छ हाँसो ? यस्तो छ कारण !



कसैलाई काउकुती लगाएको बन्दै मन पर्दैन, कसैलाई पर्छ ।  तर यो व्यक्तिगत स्वभावको कुरा हो । त्यस्तै काउकुती लगाउँदा कोही हाँस्छन् त कोही रिसाउँछन् ।

काउकुती दई प्रकारका हुन्छन् एक हल्का किसिमको दबाब त अर्को केही कडा किसिमको दबाबले गर्दा हुने काउकुती जसले हाँसो उठाउँछ । अब काउकुती किन वा कसरी लाग्ने गर्छ भन्नेमा वैज्ञानिकहरु के भन्छन् त ? छालामा स्पर्श हुँदा त्यसमुनि रहेका स्नायुका टुप्पोले मस्तिष्कमा विद्युतीय सन्देश पठाउँछन् ।

काउकुती लगाउँदा हामी हाँस्नुको कारण चाहिँ स्नायुले पठाएको तरंग एकैपटक दुई भागमा पुग्छः एउटा स्पर्शको विश्लेषण गर्ने भागमा भने अर्को आनन्दको सञ्चार गर्ने भागमा । तर काउकुती लगाउँदा सधैँ रमाइलो मात्रै भने हुँदैन । किनकी त्यस कार्यले मस्तिष्कको त्यो भागलाई पनि सक्रिय पार्छ जसले हामीले अत्याउने गर्दछ ।

सुन्दा अचम्म लागेपनि वैज्ञानिकहरुका अनुसार काउकुती लाग्दा हाँस्नु भनेको मानिसको आदिम प्रतिरक्षा प्रणाली सक्रिय भएको हुन सक्छ । जसले आक्रमणकारीका अगाडि हामी झुकेको वा परास्त भएको संकेत दिन सक्छ । त्यसो भए आफूले आफैँलाई किन काउकुती लगाउन सकिदैन त ?

यसको कारण हाम्रो मस्तिष्कमा भएको सेरेबेलम भन्ने भागले गर्दा हो जसले हामीले गरेको गतिविधिमा ध्यान दिन्छ । त्यो भागले शरीरमा हुने स्वभाविक वा अस्वभाविक तरंगहरु थाहा पाउन वा छुट्याउन सक्छ । अर्थात् तपाइ के गर्दै हुनुहुन्छ भन्ने उसलाई पहिल्यै थाहा भएकोले गर्दा आफैले काउकुती लगाउँदा मस्तिष्कले कुनै प्रतिक्रिया नगरेको हो ।

तर केही गम्भीर किसिमका मानसिक रोग (जस्तै, स्किजोफ्रेनिया) का बिरामीले भने आफैँलाई काउकुती लगाउन सक्छन् । किनकी उनीहरुको दिमागले आफैँले आफैँमाथि गरिएको गतिविधिबारे भेद छुट्याउन सक्दैनन् ।

केही जनावरहरुलाई पनि काउकुती लाग्ने गर्छ । शार्कहरुलाई थुतुनोको ठीक मुनि काउकुती लगाउँदा तिनीहरुले क्निस्मिसिस् (हल्का काउकुती) महसुस गर्छन् । तर गार्गलिसिस्नि (कै हाँसउठ्तो काउकुती) चिम्पान्जी, गोरिल्लाहरुमा मात्र देखिन्छ ।

यो सामाजिक रुपमा एकताबद्ध हुन सिकाउने एउटा तरिका हो । त्यस्तै बालकहरुलाई तिनका सबैभन्दा संवेनदशील अंग कहाँ छन् भनेर सिकाउने उपाय पनि हुन सक्छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्