आदिवासी जनजाति फिल्म महोत्सव हुने



आदिवासी जनजाति चलचित्र महासंघले २ वर्षदेखि गर्दै आएको आदिवासी जनजाति चलचित्र महोत्सव यस वर्ष पनि आयोजना गर्ने भएको छ।

महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी २४ देखि २६ गतेसम्म राजधानीको राष्ट्रिय सभागृहमा तीन दिने तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सज २०७६ आयोजना गर्न लागेको हो। महोत्सवमा आदिवासी जानजाति फिल्म, वृत्तचित्र र छोटा फिल्म गरी २० आदिवासी जनजाति फिल्म प्रदर्शन गरिनुका साथै आदिवासी जनजाति फिल्मको वस्तुगत अवस्थाका बारेमा जानकारी डेक्स, विभिन्न आदिवासी जनजाति समुदायको परम्परागत खानाका स्टल, आदिवासी जनजाति समुदायका मौलिक भेषभूषा, हस्तकला, पुस्तकलगायतको स्टल रहने महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले जानकारी गराए। महोत्सवमा दर्शकबाट छनोट भएको उत्कृष्ट फिल्मलाई पब्लिक च्वाइस अवार्ड, उत्कृष्ट आदिवासी जनजाति फिल्म, उत्कृष्ट पुरुष र महिला कलाकार, उत्कृष्ट निर्देशक र उत्कृष्ट छायांकार गरी कुल ६ विधामा अवार्ड प्रदान गरिने महासंघले जनाएको छ। महोत्सवकै अवसरमा २५ गते चलचित्रमा आदिवासी जन

महोत्सवमा गुरुङ भाषाको फिल्म म्ले क्यु र रिजेनासा, माझी भाषाको मोङो डोङा २, शेर्पा भाषाको द लस्ट नोमेड्स अफ एभरेस्ट, राजवंशी भाषाको पुल्टी, राई भाषाको यारी र संस्कार, सुनुवार भाषाको छेँगु, तामाङ भाषाको आङा थेबा, धुर्सा र साङ्गेला घ्रान थारु भाषाको झुमरा नाच र सिरुवा पावैन, मगर भाषाको खुर्पेटो र तिनपाने, नेवारी भाषाको कृषा गौतमी र नौलिन भद्रकाली जात्रा, लिम्बु भाषाको के र के साङ्ला र भुजेल भाषाको निप्हुगाल प्रदर्शन गरिने भएको छ।

२०४४ सालमा नेवारी भाषाको फिल्म शिलु निर्माण भएदेखि झन्डै ७ सयभन्दा बढी कथानक आदिवासी फिल्म र ५ सयभन्दा बढी सर्ट फिल्म र डकुमेन्ट्री निर्माण भइसकेका छन्। तर नीतिगत समस्याका कारण सोचेअनुरूप आदिवासी जनजाति फिल्मकर्मीको विकास हुन सकेको छैन। यदि राज्य र सम्बन्धित निकायले चासोका साथ यसलाई प्राथमिकता दिई अवसर प्रदान गर्ने हो भने आदिवासी चलचित्रले राष्ट्रको मौलिक पहिचान बचाइराख्नुका साथै नेपालको सांस्कृतिक र प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पु¥याउने विश्वासका साथ महासंघले तीन दिवसीय आदिवासी जनजाति चललिचत्र मोहत्सव २०७६ आयोजना गर्न लागेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्