प्रवक्ता बन्नुको रहस्य



गृहमन्त्री बादल कुन दलका, सत्तापक्षका हुन् या, विद्रोही दलका ? सरकारले विद्रोही र आतंककारी भन्दै आएको दल विप्लव समुह भूमिगत छ, तर भूमिगत दलको प्रवक्ताको भूमिकामा मन्त्री बादल देखिएका छन् । ‘विप्लव समुहले जनसरकार र जनसेना गठन गरिसक्यो, सो पार्टीले चार कम्पनी सैनिक दस्ता गठन गरेको छ’–सोमबारको संसदलाई सम्बोधन गर्दै उनले विप्लव समुहको प्रोफाईल बताए ।

सरकारसँग यति धेरै सूचना रै’छ तर विप्लव समुह सरकार विरुद्ध निधक्क सलबलाइरहेको छ । काठमाडौंसहित अन्य मुख्य शहर बजारमा बिस्फोटका घटना दोहोरिन थाल्या छन् । समुहलाई वार्तामा ल्याउन भएका प्रयासबारे बादल बोल्दैनन्, नत अरु मन्त्रीको बोल्छन् । ‘सो समुहको माग प्रष्ट छैन, समुह आतंककारी हो, त्रास फैलाउने र पैसा उठाउने बाहेक उसको अन्य केही उद्धेश्य छैन’–सार्वजनिक कार्यक्रममा पीएम ओली यस्तै दोहो¥याइरहन्छन् ।

ओलीवाँणका भक्त र अनुयायीबाट नयाँ तर्क आउँछ र विप्लव समुह वार्तामा आउला भन्ने अपेक्षा नगरेनी भो । बादलको पछिल्लो अभिव्यक्तिले ऊ बेलाको विप्लव–बादल गठनबन्धन सम्झाएको छ । त्यहि गठनबन्धनको गुनको साँवा र ब्याज तिर्न अझै बाँकी भएर हो कि क्या हो बादल सो पार्टीको स्वतःस्र्फूत प्रवक्ता बन्या ?

यो राजनीति पनि अचम्मै हुन्छ भन्या, ऊ बेलाका खुङ्खार विद्रोही भन्या दल सत्तामा छन् अनि, आतंककारीसँग कुनै हालतमा साठगाँठ हुन्न भन्नेहरु सत्ताभित्र पनि ‘खास कित्ता’मा ढल्क्यिा छन् । यस्तो दृश्य देख्दा ‘कतै सपना त हैन’ भन्दै धरहरा झस्किने ग¥या छ ।

प्रतिक्रिया दिनुहोस्