काउसो आउँदै



निर्देशक मदन घिमिरेद्वारा निर्देशित फिल्म काउसो अगामी शुक्रबार अल नेपाल रिलिज हुने भएको छ। यसको सम्पूर्ण प्राविधिक कार्य पूरा भएको निर्देशक घिमिरेले जानकारी गराएका छन्।

घिमिरेले फिल्म मनोरञ्जनप्रधान भएको दाबी गरे। ‘काउसाले दर्शकलाई मज्जाले हसाउँछ नै, फिल्ममार्फत केही भन्न पनि खोजेका छौं’, घिमिरेको भनाइ थियो– ‘मेरा विगतका फिल्मभन्दा काउसो फरक बनेको छ।’ फिल्मका नायक सविन श्रेष्ठले काउसोमा आफू हास्यप्रधान एक्सन भूमिकामा प्रस्तुत भएको जानकारी गराए। काउसोमा आफूलाई फरक भूमिकामा देखिने दाबी उनले गरे। अर्का कलाकार ए गुरुङले फिल्मबाट आफूले दर्शकलाई मज्जाले हसाउने दाबी गरे।

अर्नभ फिल्म्स प्रोडक्सनको ब्यानरमा अर्नभ बस्नेतद्वारा प्रस्तुत तथा राजेन्द्र बस्नेत, सीताराम तिमल्सिना ज्याक र भगवान् खत्रीद्वारा निर्मित फिल्ममा सविन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नवीन आचार्य, सुरेन्द्र चापागाईं, सन्नी भट्टराई, सोनीका बास्तोला, उग्रसेन ढुंगाना, अनु पराजुली, असिम तिमल्सिनालगायतले अभिनय गरेका छन्। फिल्ममा संगीत विकास चौधरी, नृत्य विक्रम स्वार, द्वन्द्व शंकर महर्जन, छायांकन रामेश्वर हुमागार्इं र सम्पादन नवीन निरौलाको रहेको छ।

प्रतिक्रिया दिनुहोस्