यस्तो छ यौनि कसिलो बनाउने घरेलु तरिका



खुकुलो योनिको कुरा

व्यक्तिअनुसार लिंग वा योनिको नाप र आकारमा धेरै भिन्नता हुन्छ । कतिपय स्थितिमा लिंगको गोलाइसँग तुलना गरी यो खुकुलो भयो कि भनिन्छ । तपाईंले कसरी योनिको नाप लिनुभयो र खुकुलो भयो भन्ने कुरा थाहा पाउनुभयो ? तपाईंले आफ्नो योनिलाई किन खुकुलो भन्नुभएको हो बुझ्न सकिएन । योनि मांसपेशीले बनेको एकदमै लचिलो वा भनौं तन्किन सक्ने गुण भएको नली आकारको अंग हो, जसको लम्बाइ सामान्यतया ३ देखि ४ इन्च हुन्छ ।

योनि नली आकारको अंग भए पनि पाइपको जस्तो जतिबेला पनि प्वाल वा खाली ठाउँ रहेको स्थिति भने हुँदैन । सामान्य अवस्थामा यसका भित्ताहरू एक–अर्कासँग टाँसिएको अवस्थामा हुन्छन् तर लिंग प्रवेश गर्दा यसले त्यसका लागि स्थान दिन्छ । एकछिन विचार गर्नु होस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधैं खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने हुन्छ र ? पक्कै हुँदैन । ठूलो लड्डु खाएपछि हाम्रा ओठले पातलो सियो पनि राम्रोसँग समाउन सक्छ । यौनसम्पर्क राख्दैमा योनि खुकुलो हुने कुनै वैज्ञानिक आधार छैन ।

यौन उत्तेजना हुँदा धेरै पानी अर्थात् योनि रस आएर अत्यधिक चिप्लो हुँदा खुकुलोपन महसुस हुन्छ । अत्यधिक चिप्लो हुँदा अलिकति पुछेर यौनसम्पर्क गर्दा हुन्छ तर योनिलाई सुख्खा नै बनाउनु बुद्धिमानी हुँदैन ।

योनि कसिलो बनाउन के गर्न सकिन्छ ?

यौनांग क्षेत्रको मांसपेसीलाई बलियो बनाउन गरिने कसरतलाई केगेल (Kegel) कसरत भनिन्छ । योनिमा औंला पसाई औंलालाई अँठ्याउने अर्थात् खुम्च्याउने गर्दा यो मांसपेशीलाई तपाईले महसुस गर्न सक्नुहुन्छ । उक्त मांसपेशी पहिचान गरेपछि औंला नपसाई पनि खुम्च्याउन सकिन्छ । सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने ।

बिस्तारै यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्‍याउनुपर्छ । बिस्तारै १० देखि १५ पटकसम्म संकुचित गर्ने (खुम्च्याउने) र छोड्ने । यो क्रम बढाउँदै दिनभरिमा यस्तो गर्ने क्रम २० पटकसम्म पुर्‍याउनुपर्छ । ६ हप्तासम्म नियमित रूपमा यो कसरत गरे फरक महसुस हुने गरी केही फरक देखिन्छ ।

यो मांसपेशी संकुचित गरेर यौनसम्पर्कका बेला लिंगलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ । यसले महिलालाई मात्र होइन, पुरुषलाई पनि यौनसुख प्राप्त गर्न मद्दत गर्छ । यसबाहेक अन्य उपायहरूका बारेमा भन्नुगर्दा, निश्चित तौलका योनि कोन (vaginal cone) महिलाको योनिमा राखेर त्यसलाई अड्काइराख्न भनिन्छ, जसले गर्दा यौनांगको मांसपेशी बलियो होस् । त्यसैगरी विद्युतीय उत्तेजना (electric stimulation) अर्थात् योनिमा एक किसिमको यन्त्र (probe) राखेर विद्युत्को हल्का करेन्ट प्रयोग गरी यौनांग क्षेत्र (pelvic floor) का मांसपेशीलाई खुम्चन र खुकुलो हुन उत्तेजित पारिन्छ ।

ल्भयअयलतचय Neocontrol नाम भएको यो साधन एउटा विशेष किसिमको कुर्सी हो । विशेष किसिमले चुम्बकीय क्षेत्रको प्रयोग गरेर यौनांग क्षेत्रको मांसपेशीलाई उत्तेजित पारिन्छ । यो उपचार सामान्यतः २० देखि ३० मिनेटका लागि साताको दुईपटक यस्तै आठ साताजति गरिन्छ । अन्त्यमा योनि खुकुलोपनको समस्या अति नै छ भने vaginoplasty (भजाइनोप्लास्टी) शल्यचिकित्सा पनि गर्नुपर्ने हुनसक्छ । यस्तो शल्यचिकित्सालाई सामान्यतया अन्तिम उपायका रूपमा लिइन्छ । अचेल यसमा लेजर प्रविधिको प्रयोग समेत सुरु भएको छ ।

भविष्यमा समस्या पर्ने कुरा

शारीरिक पक्षमा केन्द्रित भएर हेर्दा यसले तपाईंको जीवनमा खासै असर पर्ने देख्दिनँ । पहिलेको यौन सम्बन्धका बारेमा चर्चा गरिएन भने त्यो थाहा पाउन सजिलो छैन । महिला यौनांगको बनावटका सम्बन्धमा सामान्य जानकारी पुरुषलाई हुने भए पनि तपाईंको भगक्षेत्र तथा योनिको वनावट वा स्वरूप यस्तै थियो भन्ने कुरा थाहा हुँदैन र यौनसम्पर्क राखेको कुरा थाहा पाउन त अझ गाह्रो कुरा हो ।

आफ्नो यौनसाथी ‘अक्षत योनि’ वा ‘कुमारी’ हो–होइन भन्ने चासो धेरै पुरुषलाई हुन सक्छ, तर यो कुरा पत्ता लगाउन झने सजिलो छैन । योनिच्छद (hymen) भए वा नभएको कुरालाई नै मुख्य आधार बनाउन मिल्दैन ।

भविष्यमा समस्या पर्ने सन्दर्भमा यसको सामाजिक पाटो हेर्न बिर्सनु हुँदैन । घर–परिवार, छर–छिमेक अनि समाजले यस्ता सम्भावित सम्बन्धलाई जहिले पनि निकै चासोका साथ नियालिरहेको हुन्छ र गोप्यता वा गोपनियताको कुरा वास्तवमा तुलनात्मक हुन सक्छ । अर्को व्यक्तिसँगको सामिप्यता कसै न कसैले देखेको हुन्छ र यस्ता कुरा सार्वजनिक हुन सक्छन् र यो कुरा भविष्यमा तपाईंको यौन साथी वा श्रीमान्ले पनि थाहा पाउने सम्भावना हुन्छ ।

अर्को विचार गर्नुपर्ने कुरा तपाईंको केटासाथी के–कस्तो स्वभावको हुनुहुन्छ । तपाईको केटासाथीसँग सम्बन्ध अघि बढेन अनि उहाँको स्वभाव वा चरित्र ठीक छैन भने उहाँले पनि

तपाईंहरूबीचको सम्पर्कलाई चर्चामा ल्याउने खतरा हुन्छ । यस्तो जोखिम कति छ भन्ने कुरा विचार गर्नुपर्छ । कतिपय स्थितिमा उसले भयादोहन blackmail गर्न पनि सक्छ, त्यसैले भयादोहन गर्न नसकोस् भनेर मन बलियो बनाउनुपर्छ । परिस्थिति खुलस्त भएको स्थितिमा जीवन अघि बढाउने अर्थात् सामना गर्ने अठोट छ भने तपाईंलाई डर–धम्की देखाउन सजिलो हुने छैन ।
डा. राजेन्द्र भद्राको सुझाव

प्रतिक्रिया दिनुहोस्