हावापानीको भेद



‘कंग्रेस’ र ‘कांग्रेस’ उस्तै उस्तै सुनिने । कंग्रेस शब्दले अधिकांश मुलुकमा संसद् जनाउँछ, बुझाउँछ । भारतमा यही शब्दले त्यहाँको पुरानो पार्टी बुझाउँछ, यता कांग्रेस शब्दले पनि उही पुरानो दल सम्झाउँछ ।

चुनावी परिणामले दुवै मुलुकका यी दल राम्रैसँग थला प¥या छन्, राजनीतिक दलदलमा फस्या छन् । पार्टीको पुरानो प्रतिष्ठाको ब्याज समेत सकिएपछि दुवैलाई सारोगारो प¥या छ । पार्टी नेतृत्व भन्छ–‘पार्टीलाई तङ्ग्र¥याउने, झारफुक गर्ने धामीझाँक्री हामी नै हौ ।’ जनता भन्छन्– ‘अब जमाना बदलियो झारफुकले रोग निको हुँदैन ।’

हालैको निर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोरेपछि भारतीय कंग्रेस पार्टी अध्यक्ष राहुलले पदबाट राजीनाम ठोके । नैतिकताको कारण देखाउँदै उनले राजीनाम ठोके तर पार्टीले उनको राजीनाम ‘ओके’ गरेन । पार्टी नेतृत्वमा राहुल नै सही पात्र हुन् भन्दै राजीनाम अस्वीकृत भयो ।

यताको कांग्रेस पनि चुनावमा निकै बिजोगका साथ पछारिएकै हो । देशैभर असन्तुष्टि चुलिएपछि पार्टी नेतृत्वको नामै तोकेर राजीनाम पनि मागिएकै हो । राजीनाम ठोक्या भए, तु. स्वीकृत हुन्थ्यो तर नेतृत्व हलचल भएन । उता र यताको हावापानीको फरक त्यही रै’छ ।

प्रतिक्रिया दिनुहोस्