धादिङको महादेवबेंशी पुलमा भेटिएको सकेट बम सेनाद्वारा निष्कृय



धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा भेटिएको बम नेपाली सेनाको टोलीले चार घण्टापछि निष्कृय पारेको छ । आइतबार राति साढे १ बजेतिर फेला परेको बम गजुरीबाट खटिएको नेपाली सेनाको टोलीले सोमबार बिहान साढे ५ बजेतिर निष्कृय पारेको हो ।

खानीखोला प्रहरीले सो विष्फोटक पदार्थ सकेट बम रहेको बताएको छ ।

यस्तै नौबिसेमा पनि शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । अहिले सो स्थानलाई नेपाली सेनासहितका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर निष्कृय बनाउने प्रयास गरिरहेका छन् ।

काठमाडौंमा चार जनाको ज्यान जानेगरी भएको बम विष्फोटका घटनापछि अन्य जिल्लामा पनि विष्फोटक पदार्थहरु भेटिएका छन् । सवारी साधन पनि कम चलेका छन् । पृथ्वी राजमार्ग क्षेत्रमा सुरक्षाकर्मीहरुले स्कर्टिङ गरेर गाडीहरुलाई गन्तव्यमा पुर्‍याइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्