भक्तपुरको च्यामासिंहमा शंकास्पद बस्तु



भक्तपुर । भक्तपुरको च्यामासिंहमा शंकास्पद बस्तु फेला पारेको छ ।

च्यामासिंह मालपोत कार्यालय नजिकै सोमबार बिहान पौने तीन बजेतिर प्रहरीको मोबाइल टोलीले शंकास्पद बस्तु फेला पारेको हो ।

सेतो रंगको झोलामा पोको पारिएको अवस्थामा रहेको शंकास्पद बस्तु सुरक्षित रुपमा निश्क्रिय पारिएको सुरक्षा टोलीले जनाएको छ ।

भोजपुरमा आफ्ना कार्यकर्ता सुरक्षा निकायद्वारा मारिएपछि आक्रोशित बनेको विप्लव समूहले आज सोमबारका लागि नेपाल बन्द आहवान गरेको छ ।

बन्दका लागि सुरक्षाकर्मीले जनशक्ति थप गर्नुका साथै हाइ अलर्टमा रहेको उपत्यकाका सुरक्षा निकाय प्रमुखले जानकारी दिएका छन्न असफल पार्न सुरक्षा निकाय हाइ अलर्टमा रहेको पनि सुरक्षा निकाय प्रमुखले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्