एनआईसी एसिया बैंकको २८औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३, रघुनाथपुरमा २८औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याइएको छ ।

उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन बर्दिबास उपप्रादेशिक कार्यालयका प्रमुख विवेकबन्धु न्यौपानेले गर्नुभएको हो । सो शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा उमेशकुमार यादवलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

हालसम्म एनआईसी एसिया बैंकको २८३ शाखा कार्यालय, २८९ एटीएम, ४१ वटा एक्स्टेन्सन काउन्टर एवम् २८ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । करिब १६ लाख ग्राहक रहेको बैंकको वासलातको आकार २११ अर्ब रुपिया“भन्दा बढी पुगेको छ । त्यस्तै बैंकको कुल निक्षेप करिब १६९ अर्ब र कुल कर्जा करिब १४४ अर्ब रुपिया“ रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्