सन्राइज बैंकले एकैचोटी चार वटा शाखारहित बैंकिङ सेवा शुरू



काठमाडौं, (नेस)
सन्राइज बैंकले एकैचोटी चार वटा शाखारहित बैंकिङ सेवा शुरू गरेको छ । बैंकले रुपन्देहीको मायादेवी गाउ“पालिका ५, पर्साहवा र ओमसतिया गाउ“पालिका ६, मझौली, महोत्तरीको बर्दिवास नगरपालिका ११, खयरमारा र सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका १, रामपुर बजारमा शाखारहित बैंकिङ सेवा शुरू गरेको छ ।

प्वाइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउ“बाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

योसं“गै बैंकको कुल शाखारहित बैंकिङ सेवा संख्या ३३ पुगेको छ । बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई शाखारहित बैंकिङ सेवामार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्