बुद्धको कोलकता उडान शुरू



नेपाल समाचारपत्र, काठमाडौं
निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले सोमबारबाट भारतको कोलकता उडान गर्ने भएको छ । नेपालको पर्यटन विकासमा योगदान पु¥याउने लक्ष्यसहित बुद्ध एयरले अन्तर्राष्ट्रिय उडानतर्फ भारतको बनारसस“गै कोलकता उडान गर्न लागेको हो ।

बुद्धले कोलकतामा साताको तीन उडान गर्नेछ । कम्पनीका अनुसार सोमबार, बुधबार र शुक्रबार काठमाडौं–कोलकता–काठमाडौं उडान गर्ने जनाएको छ । बुद्ध एयरको एटीआर ७२–५०० विमानबाट १ घण्टा ३० मिनेटमा कोलकता उडान गर्न लागिएको कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादर बस्नेतले जानकारी दिनुभयो । ‘हामीले प्रमोसन फियर दुईतर्फी २२ हजार राखेका छौं, भोलिका दिनमा भने माग र आपूर्तिको आधारमा भाडादर कायम हुने छ।’ बस्नेतले भन्नुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहान ८ बजे कोलकता उडान भर्नेछ भने कोलकताबाट साढे १० बजे काठमाडौै अवतरण गर्नेछ ।

उक्त विमानमा प्राविधिक कारणले हाललाई ६५ यात्रुमात्रै यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । विमास्थलको पुनर्निर्माण सम्पन्न भएस“गै विहान ७ बजे उडान गर्ने छ ।

‘नेपालको पर्यटन उद्योग फस्टाउ“दो र आशा लाग्दो रुपमा विकास भइरहेको छ,’ बस्नेतले भन्नुभयो–‘ नेपालमा पर्यटक भित्र्याउनको लागि बुद्ध एयर अगाडि बढेको छ ।’ यसको लागि कम्पनीले भारतमा डिजिटल माध्यमबाट प्रचार प्रसारलाई तीव्र पारेको छ । भारतीय यात्रुहरुको लागि बुद्धको भगिनी संस्था बुद्ध होलिडेजले पर्यटक आकर्षण गर्ने प्याकेजमार्फत भारतमा प्रवद्र्धन गरिरहेको छ।

बनारसमा साताको २ उडान गरिरहेको बुद्धले अगस्ट ३ बाट गुहाटी उडान गर्ने योजना रहेको छ ।‘कोलकता उडानमा हामी सफल भयो भने विस्तारै भारतका अन्य शहरमा हाम्रो उडान केन्द्रित हुनेछौं ।’ बस्नेतले भन्नुभयो । २२ वर्ष आन्तरिक उडानको अनुभवपछि बुद्धले कोलकता र गुहाटीमा व्यावसायिक उडान सफल भएपछि भारतका अन्य शहरमा उडान गर्ने सहज हुने बस्नेतको भनाइ छ । तर, यस्को लागि निरन्तर नाफा घाटा नहेरी ६ महिना ती गन्तव्यमा उडान भर्नुपर्ने चुनौती रहेको बस्नेतले बताउनु यो ।

‘भारतको गुहाटी उडानमा सैद्धान्तिक सहमति पाईसकेका छाैं, केही समय हामी प्रचार ्रसार गर्ने छौं।‘ बस्नेतले भन्नुभयो–‘ती गन्तव्यमा बुद्धको व्यावसायिक उडान सफल हु“दै गएपछि कम्पनीले जेट विमान खरिद गरी उडान भर्नेछौं ’। गुहाटीमा बुद्धले साताको २ उडान गर्नेछ । विगतमा भुटानको पारो र भारतको लखनउमा उडान गरेको थियो तर व्यावसायिक रुपमा सफल नभएपछि पछिल्लो समय बनारसमात्र उडान गरिरहेको छ ।

व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भएपनि कोलकाता उडानमार्फत भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुद्ध एयरले लिएको छ । उडान तथा होलिडे प्याकेजमार्फत यसले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास कम्पनीको छ । बुद्धले नेपाल र भारतका सांस्कृतिक तथा धार्मिक क्षेत्रमा सीधा उडान भर्दै पर्यटक विकासमा प्रवद्र्धन गर्न रणनीति छ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएस“गै जेट विमानमार्फत अन्तर्राष्ट्रिय उडान भर्ने योजना बुद्ध एयरको रहको छ ।

प्रतिक्रिया दिनुहोस्