नेप्सेमा दोहोरो अंकको गिरावट, अनलाइनमार्फत शेयर कारोबारको रकम भुक्तानी



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार दोहोरो अंकले घटेको छ । साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक ११ दशमलव ९३ अंकले घटेर १३०२ दशमलव ६१ अंकमा झरेको छ ।

कुल १६५ कम्पनीको २० लाख ५४ हजार २८६ कित्ता शेयर ६२ करोड ६२ लाख रुपिया“मा खरिद बिक्री भएको छ । अघिल्लो कारोबारमा अर्ब रुपिया“भन्दा बढी कारोबार हु“दै आएको स्थितिमा आइतबार विगतका कारोबारभन्दा झण्डै आधाको मात्रै कारोबार भएको छ ।

आइतबार कारोबारमा आएका ११ वटा उपसमूहमध्ये सबै उपसमूहको सूचकमा गिरावट आएको छ । जसमध्ये बैंकिङ उपसमूह ९ दशमलव ६ अंक, होटल उपसमूह ३२ दशमलव ३६ अंक, विकास बैंक उपसमूह १४ दशमलव ६५ अंक, जलविद्युत् उपसमूह ३० दशमलव ७१ अंक, वित्त उपसमूह ५ दशमलव ३८ अंक, निर्जीवन बीमा उपसमूह ३५ उपसमूह शून्य ८ अंक, उत्पादन उपसमूह शून्य दशमलव ७६ अंक, अन्य उपसमूह ११ दशमलव ७१ अंक, लघुवित्त उपसमूह ५ दशमलव १५ अंक, जीवन बीमा उपसमूह ३८ दशमलव शूनय १, सामूहिक लगानी कोष उपसमूह शून्य दशमलव शून्य २ अंकले घटेको छ ।

समग्र परिसचूकमा गिरावट आए पनि यसदिनको कारोबारमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरैकाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ८ दशमलव ५८ प्रतिशत, युनाइटेड इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ३ दशमलव ४२ प्रतिशत, हिमालयन ऊर्जा विकास कम्पनीको शेयर मूल्य ३ दशमलव शून्य ८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

उता जोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ९ दशमलव ७५ प्रतिशतले बढेको छ । साथै हिमालयन डिस्टिलरीको शेयर मूल्य ७ दशमलव ९० प्रतिशत, राधी विद्युत् कम्पनीको शेयर मूल्य ६ दशमलव ८१ प्रतिशत, अरुण काबेली पावर कम्पनीको शेयरमूल्य ६ दशमलव ३४, मल्टीपर्पोज फाइनान्स कम्पनीको शेयर मूल्य ६ दशमलव २७ प्रतिशतले घटेको छ ।

आइतबार सबैभन्दा बढी नेपाल बैंकको शेयर किनबेच भएको छ । यस कम्पनीको चार करोड ८५ लाख रुपिया“को शेयर किनबेच भएको छ । त्यस्तै शिवम् सिमेन्टको उच्च अर्थात चार करोड ७५ लाख रुपिया“, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी तीन करोड ७४ लाख, हिमालयन डिस्टिलरीको दुई करोड ५४ लाख, कृषि विकास बैंकको दुई करोड १५ लाख रुपिया“बराबरको शेयर किनबेच भएको छ ।

यसैबीच आइतबारदेखि अनलाइन शेयर कारोबार प्रणालीमा अनलाइनबाटै ४८ बैंक वित्तीय संस्थाबाट भुक्तानी गर्न सकिने भएको छ । बैंक इन्टिग्रेसनपश्चात
एनसीएचएल र ब्रोकरबीच सेटलमेन्ट लिंक जोडिएस“गै अनलाइनमार्फत शेयर कारोबारको रकम भुक्तानी भएको हो ।

अनलाइनमार्फत भुक्तानी गर्दा ५ हजारदेखि ५० हजारसम्म १० रुपिया“, ५० हजार रुपिया“भन्दा माथिको कारोबारका लागि प्रतिकारोबार १५ रुपिया“ शुल्क लगानीकर्ताले क्लियरिङ हाउसलाई तिर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्