राजधानीमा विस्फोटक पदार्थसहित सात विप्लवका कार्यकर्ता गिरफ्तार



नेपाल समाचारपत्र, काठमाडौँ ।
सशस्त्र प्रहरी बलले उपत्यकाका विभिन्न स्थानबाट विप्लव समूहका कार्यकर्तालाई हात हतियार तथा विस्फोटक पदार्थसहित केही बेर अघि पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलले सात जना विप्लव समूहका कार्यकर्तालाई बमसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार एक सशस्त्र प्रहरीलाई सिभिलमा खटेका थिए । सो क्रममा एक जना शंस्कापद देखिएपछि उसलाई पछ्याउँदै जाँदा सात जना पक्राउ गर्न सशस्त्र प्रहरी सफल भएको हो ।

पक्राउ पर्नेमा झापाका आकास तामाङ भनिने डम्बर तामाङ, सल्यानका चित्र कमल ओली, भक्तपुरका राकेश श्रेष्ठ, सोहि ठाउँका बुद्धिबहादुर सुनार, रोल्पाका बुद्धिलाल पुन, तेजराज काफ्ले र तेज बहादुर मोक्तान रहेका छन् ।

उनीहरुले मसाल जुलुश निकाल्ने तयारी गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ४० थान भाटा, एक हजार पाँच सय बन्द सफल पारौँ लेखिएको पर्चा र ४ वटा प्रेसर कुकर बम बरामद गरेको छ ।

याे पनि पढ्नुहाेस्

बम विस्फोटनको दृश्य भिडियोमा

बम विस्फाेट अपडेटः बम पड्काउने विप्लव, पड्किने सिलिन्डर नभई कुकर बम

सुकेधारा बम विस्फोटका ७ तस्वीरसहित भिडियाे हेर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्