समलिंगी पुरुषबाट पार्टनरमा एचआईभी सरेन !



लन्डन,(एजेन्सी)
वेलायतमा हालै गरिएको स्वास्थ सम्बन्धी एक गहन अध्ययन अनुसार एन्टी एचआइभी औषधि सेवन गर्ने समलिंगी पुरुषहरुबाट उनका यौन पार्टनरलाई भाइरस सर्न नदिने गरेको नयाँ तथ्य पत्तालागेको छ । यसलार्इ मानव स्वास्थ क्षेत्रमा ठूलै उपलब्धिको रुपमा लिइएको छ ।

लान्सेटमा प्रकासित प्रतिवेदनमा आठ वर्ष सम्म झण्डै एक हजार जना पुरुष समलिंगी माथि गरिएको अध्ययनमा कसैमा भाइरस नसरेको पाइएको बताइएको छ । यसको प्रमुख कारण औषधि उपचारको कारण बिरामीको शरिरमा भाइरसको संख्यामा कमि आइनु उल्लेख गरिएको छ ।

तर विशेषज्ञहरुले भाइरस नदेखिँदैमा भाइरस संक्रमणै हुँदैन भन्ने धारण भने पाल्नु नहुने बताएका छन् । सन् २०१० देखि २०१७ सम्म युरोपमा एचआइभी ग्रस्त र एन्टिरेट्रोभाइरल थेरापि ( एआरटी ) लिइरहेका र एचआइभी नेगेटिभ भएका ९ सय ७२ समलिंगी पुरुष जोडी माथि अध्धयन गरिएको थियो ।

सो अवधि सम्म कुनै पनि स्वस्थ जोडीमा एचआइभी सरेको नपाइएको बताइएको छ । साथै अनुसनधानकर्ताहरुले एचआइभीको करिव ४ सय ७२ घटना रोकन सकिने संभावना देखिएको बताएका छन् ।

सो अवधि भित्र बिना कन्डम प्रयोग गरी ति जोडीले कूल ७६ हजार ८८ पटक गुद्वार मैथुन गरेका थिए । तर अध्ययनको दौरान १५ जना पुरुषमा एचआइभी देखिए पनि तिनीहरु मध्ये कसैलाई पनि आफ्नो प्रमुख पार्टनरबाट एचआइभी नसरेको पत्ता लागेको छ ।

यस अध्ययनका लेखक तथा युनिभर्सिटी कलेज लन्डनका संक्रमण रोग विभागका प्राध्यापक एलिसन रोजरले गुद्वारा मैथुनबाट एचआइभी सर्ने खतरा सबैभन्दा बढि रहेको बताइए तापनि यस अधययनबाट समलिंगी पुरुषहरु ढुकक हुने स्थितीमा पुगेको जनाएकी छिन् ।

यस अध्ययनबाट एचआइभी सम्बन्धमा रहेका पुराना धारणा र सोचमै परिवर्तन आउने अनुसन्धानकर्ताहरुको दावी रहेको छ । साथै एलिसनले सम्पूर्ण एचआभी पिडितहरुलाई राम्ररी परिक्षण र प्रभावकारी उपचार गराउन सुझाव दिएकी छिन् । २६ वर्षिय म्याट स्टोकसमा सन् २०१६ मा एचआइभी देखिएको थियो ।

एचआइभी देखिएको चार हप्तापछि उनले ड्रग थेरापि शुरु गरेका थिए । तीन महिना भित्रै उनको शरिरबाट भायरस गायव भएको परिक्षणबाट देखियो । उनले आफुले अब कसैमा भाइरस नसार्ने थाहा पाउँदा आफुलाई राहत महशुस हुनाका साथै आत्मविश्वास बढेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्