बम विस्फोट



पेरिस,(एजेनसी)
फे्रन्च प्रहरीले लियोँन शहरमा एउटा पार्सल बम राख्ने संदिग्ध व्यक्तिकाबारे संभावित ूिचना उपलब्ध गराइदिन सर्वसाधारणलाई आब्हान गरेको छ । सो बम विस्फोट हुँदा १३ जना मानिस घाइते भएक थिए ।

फ्रान्सकै तेश्रो सबैभन्दा ठूलो शहर मानिएको लियोँनको मध्य भाग स्थित एक बेकरी सप सामुको सडकमा बम विस्फोट भएको हो । एक आठ वर्षिया बालिका सहित घाइतेहरुको अवस्था सामान्य रहेका अस्पताल सुत्रले बताएको छ । यस सम्बन्धमा आतंकवाद विरुद्धको विशेष सुरक्षा टोलिले अनुसनधान शुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्