तरकारीको मूल्य आकाशियो



विमल विष्ट, डोटी
जिल्लाका पछिल्लो समय एकाएक तरकारीको मागअनुसारको उत्पादन नभएपछि तरकारीको मूल्य आकाशिएको छ । यहाँका होटेल तथा स्थानीयका भान्सामा दैनिक प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकाशिएको हो ।

तरकारीको मूल्य अत्याधिक बढेपछि सबैभन्दा बढी गरी खाने वर्ग समस्यामा परेको दिपायल पिपल्लाका स्थानीय किरण भण्डारीले बताउनुभयो । उहा“ले भन्नुभयो–‘जिल्लामा तरकारी उत्पादन कमी छ, तराईबाट आयात गरिएको तरकारीको भाउ बढेपछि दैनिक मजदूरी गरी खाने वर्ग मारमा परेका छन् ।’

यहा“का तरकारी बजारमा सबैभन्दा बढी गोलभेँडाको भाउ बढेर प्रतिकिलो २ सय पुगेको स्थानीय उपभोक्तहरु बताउ“छन् । केही दिन पहिले प्रतिकिलो सयमा पाउने गरेको गोलभे“डा एकाएक दुई गुणाले वृद्धि भएको स्थानीय उपभोक्त सोनु कामीले बताउनुभयो ।

उहा“ले भन्नुभयो–‘ पहिले सय रुपिया“ किलोमा पाइने गोलभे“डा अहिले दुई रुपिया“ पुगेकोछ, काउली, सिमलगायतका तरकारीमा भाउ बढेकोछ हामीलाई समस्या भयो ।’ पर्याप्त मात्रामा पानी नहु“दा यहा“का कृषकले बेमौसमी तरकारी खेती निकै कम गर्दै आएका कारण तराईबाट तरकारीलगायत अन्य चिज आयात गर्नु परेका कारण मूल्यवृद्धि भएको देउवा तरकारी पशल पिपल्लाका व्यापारी लोकबहादुर देउवाले बताउनुभयो ।उहा“ले भन्नुभयो–‘जिल्लामा तरकारी पाउन छोड्यो, तराईबाट तरकारी आयात गर्नुपरेका कारण मूल्यवृद्धि भएको हो ।’

डोटीमा छिमेकी जिल्ला डडेल्धुरा, कैलाली, कञ्चनपुरबाट तरकारी आयात गरि“दै आएको छ । त्यस्तै बजारमा अहिले आलु प्रतिकिलो रु. १ सय, लौका प्रतिकिलो रु. ८०, हरियो खुर्सानी प्रतिकिलो रु. १५०, स्मिला प्रतिकिलो रु. ९० रहेको तरकारी व्यापारी बताउ“छन् । यतिमात्र नभई यहा“को बजारमा तरकारीको मूल्य एकरुपता नभएका कारण व्यापारीले पसलैपिच्छे तरकारीको मूल्य अलग–अलग लिने गरेको उपभोक्ताको गुनासो रहेको छ ।

यहा“का तरकारी पसलहरुमा पसलैपिच्छे अलग–अलग मूल्य लिइँदै गरे पनि मूल्यमा एक रुपता दिन सम्बन्धित निकायले कुनै चासो नदेखाएको दिपायलका स्थानीय हर्कबहादुर बमले बताउनुभयो । उहा“ले भन्नुभयो–‘पसलेपिच्छे अलग–अलग मूल्य लिइन्छ तर मूल्यमा एकरुपता दिन कसैले चासो देखाएका छैनन् ।’

प्रतिक्रिया दिनुहोस्