नौ महिनामा बैंकको नाफा साढे ७४ अर्ब



राजु श्रेष्ठ, काठमाडौं
बैंक तथा वित्तीय संस्थामा तरलता समस्या दोहोरि“दै गए पनि बैंकहरूको नाफामा भने उच्च अंकको वृद्धि देखिएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४५ प्रतिशतसम्म नाफा वृद्धि गरेका छन् ।

हाल सञ्चालनमा रहेका २८ वटै वाणिज्य बैंकले तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको आधारमा सो तथ्य सार्वजनिक भएको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पु“जी चार गुणासम्म वृद्धि गरेस“गै नाफा पनि उल्लेख्य अंकले बढेको छ । चालू आर्थिक वर्ष सकिन अब डेढ महिनामात्रै बा“की रहेको छ । यसबीचमा वाणिज्य बैंकहरू यस अवधिभित्र २६ खर्ब ३० अर्ब ९२ करोड रुपिया“ निक्षेप संकलन गरी २३ खर्ब ४६ अर्ब ६१ करोड रुपिया“ ऋण लगानी गरेका छन् । जसबाट २८ वटा वाणिज्य बैंकको कुल नाफा ७४ अर्ब ४० करोड ५० लाख रुपियाँ रहेको छ । केही बैंक बाहेक प्रायः सबै बैंक अर्बपति क्लबमा प्रवेश गरेका छन् ।

चालू आर्थिक वर्षको नौ महिनाको अवधिभित्र २६ खर्ब ३० अर्ब ९२ करोड रुपियाँ निक्षेप संकलन गरी २३ खर्ब ४६ अर्ब ६१ करोड रुपियाँ ऋण लगानी गरेका छन् । जसबाट २८ वटा वाणिज्य बैंकको कुल नाफा ७४ अर्ब ४० करोड ५० लाख रुपिया“ रहेको छ ।

चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंक १ खर्ब ७२ अर्ब ७९ करोड रुपिया“ निक्षेप संकलन गरेको छ । तर, नाफा वृद्धिको आधारमा एनआईसी एसिया बैंक रहको छ । सो बैंकले यस अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४५ दशमलव ४१ प्रतिशतले वृद्धि गरेको छ । आघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा वृद्धि गर्नेमा मेगा बैंक नेपाल पनि रहको छ । यस बैंकको नाफा १३१ दशमलव ३३ प्रतिशत वृद्धि भएको छ । ४ अर्ब ५० करोड ७४ लाख रुपिया“ सञ्चालन नाफा गर्दै तेस्रो स्थानमा रहे पनि नबिल बंैकको नाफाको वृद्धि भने न्यून अर्थात ३ दशमलव १७ प्रतिशत रहेको छ ।

धितोपत्रको दोस्रो बजारमा पछिल्लो कारोबारअनुसार सर्वाधिक बजार मूल्य रहेको नबिल बैंकको यस बीचमा प्रतिशेयर आम्दानी पनि उच्च अर्थात ४७ दशमलव २१ रुपिया“ रहेको छ भने सबैभन्दा कममा सिभिल बैंकको ८ दशमलव २३ रुपिया“ प्रतिशेयर आम्दानी देखिएको छ । धितोपत्रको दोस्रो बजारमा यस बैंकको शेयर मूल्य पनि कम नै रहेको देखिएको छ । सिभिल बैंक निक्षेप र कर्जा लगानीमा पनि पछाडि रहेको छ । यस बैंकले निक्षेप ४१ अर्ब ४१ करोड संकलन गरी ३९ अर्ब ९२ करोड रुपिया“ कर्जा लगानी गरेको छ ।

स्रोत: बैंकहरुको वित्तीय विवरण

प्रतिक्रिया दिनुहोस्