महिलाका १२ सहकारी मर्ज हुँदै



हेटाैडा, (नेस)
मकवानपुरका महिलासञ्चालित १२ वटा बचत तथा ऋण सहकारी संस्था मर्ज हुने भएका छन् । नेफस्कुन फिल्ड कार्यालय मकवानपुर र जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरले शुक्रबार गरेको एकीकरण कार्यशालामा साकोसकर्मीहरुले एकीकरणको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

महिला मिलन, महिला सेवा, आधुनिक महिला जागृति, महिला जागृति, महिला अभियान, महिला एकता, महिला जागरण, महिला आवाज, शुभकामना महिला, महिला जनचेतना, महिला जनशक्ति तथा भुटनदेवी महिला साकोस मर्ज गर्ने निर्णय भएको मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ सचिव कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यशालामा सहभागी साकोसकर्मीहरुले साकोस एकीकरणका लागि जेठ ११ र १३ गते एकीकरण भेला गरी एकीकरणको निर्णयसहित ७ सदस्यीय कार्यदल गठन गरेका छन् । एकीकरणका लागि जिल्ला बचत संघ मकवानपुर र नेफस्कुनबाट सहजीकरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्