जीडीपीमा प्रदेश नम्बर ३ पहिलो



नेपाल समाचारपत्र, हेटौंडा
देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा प्रदेश नम्बर ३ ले अन्य प्रदेशलाई उछिनेको छ । १४ खर्ब ३२ अर्ब ७५ करोड कुल गार्हस्थ उत्पादन रहेको प्रदेश नम्बर ३ पछि दोस्रोमा प्रदेश नम्बर १ रहेको छ । प्रदेश नम्बर १ को कुल गार्हस्थ उत्पादन ५ खर्ब ५ अर्ब ८४ करोड रहेको तथ्यांक छ ।

अन्य प्रदेश जीडीपीको १५ प्रतिशतभन्दा तल रह“दा प्रदेश नम्बर ३ ले भन े४१ दशमलव ३६ प्रतिशत हिस्सा ओगटेको छ ।

धागो, गलैंचा, तयारी पोशाक, फलाम तथा स्टिल, अलैंची, जुस, चिया, कपडा, पश्मिनाको सल, जुट ब्याग, रोजिन, बेल्ट, जुत्ताचप्पल, तामाका सामान, जडीबुटी, मसुरो, छाला, चाउचाउ, दन्तमन्जन, अदुवा, हस्तकला, टोपी, नेपाली कागज, मासु, तेल, सुतीका झोला, चा“दीका गहनालगायत वस्तु निकासी भइरहेको छ ।

जसमध्ये ऊनी गलैंचा, तयारी पोशाक, पश्मिना, टुथपेष्ट, तेल, पेयपदार्थ, हस्तकलाका सामान, जडीबुटी तथा तेल, प्लाष्टिकका वस्तु प्रमुखरुपमा निर्यात भइरहेका छन् । पेट्रोलियम, फलाम तथा स्टिल, मेसिनरी पार्टस्, यातायात साधन, विद्युतीय सामान, अन्न, सञ्चारसाधन, सुन, सिमेन्ट क्लिंकर, औषधि, हवाइजहाज र पार्टस्, पोलिथिन ग्रनुयल्स, तयारी पोशाक, मल, भटमासको कच्चा तेल, रसायन, कपडा, चा“दी, रबर, आल्मुनियम, तामा, जिंक, रायो, कच्चा पाम तेल, कपास, ऊन, फ्याटी एसिड, सिमेन्टलगायत वस्तु आयात भइरहेका छन् ।

त्यस्तै मकै र कोदोमा आत्मनिर्भर भए पनि प्रदेश धानमा ठूलो परिमाण आयातमै निर्भर रहनु परेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र उपनिर्देशक राजेन्द्र सिंहले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्