बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, २३ जना घाइते



सुभेन्द्र दास लाहान, सिरहा ।
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित प्रयागपुर चोकमा गएराति बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

ना ८ ख ९८२ नम्बरको प्राइम बस झापाको भद्रपुरबाट काठमाण्डौं जाँदै थियो । विपरित दिशाबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी दिए ।

बसले सडकमा रहेको साँढेलाई जोगाउने क्रममा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी बताए । दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक भोजपुरका ४० वर्षीय हरिरण पहेली र झापा जलथल नगरपालिका–७ बस्ने मदनकुमार उप्रेती रहेको प्रहरीले जनाएको छ । दुवैको उपचारका क्रममा मिर्चैयामा मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइतेमध्ये ३ जना पुरुषको नाम र ठेगाना खुलेको छैन् । ११ जनालाई विराटनगर रेफर गरिएको छ । ८ जनाको सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा र ४ जनाको मिर्चैयामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये ८ जना सामान्य, १० जना मध्यम र ५ जना गम्भीर छन् ।

घाइतेको सूची:

१. कुमार श्रेष्ठ, ट्रक चालक, गोलबजार नगरपालिका, सिरहा
२. विश्वनाथ बनियाँ, सोनामति गाउँपालिका–६ , झापा
३. मिनकला राई, ईलाममाई नगरपालिका–१, इलाम
४. सोमामाया राई, ईलाममाई नगरपालिका–१, इलाम
५. सुगुरुमोति बानियाँ, सोनामति गाउँपालिका–६, झापा
६. दिनेश श्रेष्ठ, सुन्दर हरैचा नपा–६, मोरङ्ग
७ रोमन थापा, सुन्दर हरैचा नपा–६, मोरङ्ग
८. किरण उप्रेती, भद्रपुर नपा–९, झापा
९. विश्का उप्रेती, कचनदाहा गाउँपालिका–२, झापा
१०. जितबहादुर दर्जी, केराउल नपा, मोरङ
११. नविन दास, गौरदाहा नपा–४, झापा
१२. दिपक ढुङगेल, कतनकवल गाउँपालिका–१, झापा
१३. अबिर शेष, पाङडुबा गाउँपालिका–२ झापा
१४. विमल लिम्बु, केराबारी नपा–२, मोरङ्ग
१५. पावनी राजवंसी, भद्रपुर नपा, झापा
१६। उपेन्द्र राजवंसी, बनियानि, झापा
१७. श्रीलाल राजवंसी, शिवशंज, झापा
१८. काला ढुङगाना, पथरी, मोरङ्ग
१९. बिनोद ढुङगानाका ५ वर्षीय छोरा राज ढुङगाना, पथरी मोरङ्ग
२०. मोहम्मद मुस्तक, झापा

अन्य तीन जनाको परिचय खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्