भारतको विश्वविद्यालयद्धारा नेपालमा अन्तरक्रिया



काठमाडौँ ।
भारतको गुनुपुरमा रहेको जीआइटी विश्वविद्यालयले शनिबार नेपाली विद्यार्थीसँग अन्तरक्रिया गरेको छ ।
विश्वविद्यालयका प्रतिनिधि, नेपालबाट विद्यार्थी पठाउने शैक्षिक परामर्शदाता र त्यही विश्वविद्यालयमा अध्ययन सकेर आएका विद्यार्थीबीचको अन्तरक्रियामा सहभागीहरुले सो विश्वविद्यालयको बारेमा नेपालमा पनि प्रशस्त जानकारी दिनुपर्ने आवश्यकता रहेको बताए ।

अध्ययन सकेर नेपालका विभिन्न संघसंस्थामा कार्यरत तथा क्याम्पसमा अध्यापन गराइरहेका विश्वविद्यालयका विद्यार्थीहरुले आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध तथा एड्मिसनर अफिसर प्रोफेसर वी पाण्डाले आगामी दिनमा विद्यार्थीका लागि थप अवसर दिने पनि बताए ।

विश्वविद्यालयमा विद्यार्थी पठाउँदै गरेका बागबजारको सताक्षी एजुकेशन फाउण्डेशनका प्रबन्ध निर्देशक उमेश ढुंगेलले जीआइटी विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमा प्रशस्तै सम्भावना भएको बताए ।

‘म निरन्तर विद्यार्थी पठाउँछस , कुनै पनि गुनासो आएको छैन’ ढुंगेलले भने ‘ सबै दृष्टिकोणले यो विश्वविद्यालय विश्वसनीय र भरपर्दो छ ।’ शनिबार भएको विद्यार्थीको दोस्रो एल्मुनाई भेलाले विद्यार्थीको एउटा समिति पनि चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्