हत्याको आरोपमा चार नेपाली तिब्बतमा पक्राउ



अर्जुन बोहरा, सिमकोट ।
कामको खोजीमा तिब्बतको ताक्लाकोटमा पुगेका चार जना नेपाली लाई युवती हत्या गरेको भन्दै चिनिया प्रहरीले पक्राउ गरेको छ । चिनीया युवती तिब्बतको पुराङ कन्ट्रिमा रहेको चिनिया बैँकमा युयन १० हजार रुपायँमा जम्मा गर्न जाने क्रममा पछाडि बाट रडले टाउँको हिर्काएर हत्या गरेको खुलासा भएको छ । हत्याका आरोपति हुम्ला जिल्लाका सर्केगाडगाउँपालिका ३ उनापानी गाउँ निवासी पेज फडेरा लाई आवश्यक अनुसुन्धानका लागि पुराङ कन्ट्रिको सदरमुकाम टिन्चु शहरमा लगिसकेको ताक्लाकोट बाट बहादुर लामाले बताउनु भयो ।

बैंक आसपासका क्षेत्रमा जडान भएको सिसी क्यामाराले चिनिया युबती लाई हत्या गरेको भिडियो देखे पछि फडेरा लगायत संकस्पद ३ जान लाई चिनिया प्रहरीले प्रक्राउ गरको हो ।

त्यसै गरि हत्या गरेको आंशकामा नाम नखुलेका आरोपति ३ लाई पनि मोबाइल चोरीको आरोपमा लागेको छ । मोबाइल पसलमा गएर ८ सय ८८रुपायाँ मुल्याको र ५ सय ५५को अर्का मोबाइल र १ सय युयान गरि नेपाली रुपायँमा २६ हजार ५ सय ७१ रुपायँमा बराबरको सामान चोरीको अरोपामा ताक्लाकोटमा ब्यापार व्यवसाय गर्दै आएका नाम्खा १ गाडपारीका उर्गेन लामाले बताए ।

हिल्सामा लामो समयदेखि होटेल व्यवसाय गर्दै आएका सिमकोट १ दोजामका ईन्द्र लामाले बताए। हत्या अभियोगमा ४ जना समातिए पनि ब हत्यारा पत्ता लगाई अनुसन्धान पछि निर्दोष भए छोड्ने चिनिया प्रहरीले बताएको समेत नेपाली व्यापरीले बताएका छन । हत्या गरि पक्राउ परेपछि ताक्लाकोटमा नेपाली कामदारलाई कडाई गरिएको छ।

प्रतिक्रिया दिनुहोस्