वान्स मोर नारान दाइ



नारान दाइ अर्थात् नारायणकाजी श्रेष्ठ। उही नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता। शुक्रबार बानेश्वरको अल्फा हाउसमा ‘वान्स मोर’ कि ‘वन्स मोर’ सुनियो। कसका लागि यस्तो होहल्ला भनेर बाइनाकुलर त्यता घुमाएको त पोर्डियममा उही हँसिला नारान दाइ।

‘हामी खत्तम’ उनी बोलिरहेका थिए। सहभागीहरु भने ‘वान्स मोर’ भनिरहेका थिए। ‘नेपाली कांग्रेस खत्तम’ उनले भने, फेरि दर्शकदीर्घाबाट आवाज आयो, ‘वान्स मोर’, पूर्व एमाले पनि खत्तम, उनले भने, फेरि बोले दर्शकले ‘वान्स मोर’। अन्त्यमा नेकपा खत्तम भने, त्यस बेला सबैले अझ उत्साहका साथ भने, ‘वान्स मोर’।

अब सकियो होला यो शृंखला भनेको त, उनले जनता पनि खत्तम पो भने। अबचाहिँ ‘वान्स मोर’को शृंखला सकियो होला भनेको त, झन् सबैले ‘वान्स मोर’ भनेर हलै पो जुरुक्क उचाले। लोकसेवाको परीक्षा पास गराइदिनुपर्यो भनेर जनता उनीकहाँ आउने, यसो त अलि सकिन्न, नियमले मिल्दैन भनेर जबाफ दियो, ‘तिमी नेता खत्तम’ भनेर जनताले गाली गर्ने। त्यसैले जनतालाई पनि खत्तम भनेर गाली गर्नुपरेको हो भनेर उनले सफाइदिएपछि सबैले फेरि बोले– ‘वान्स मोर’।

प्रतिक्रिया दिनुहोस्