तिहारलाई पोइ पर्यो काले



निर्माणअघि नै रिलिज डेट घोषणा गर्दै पोइ पर्यो कालेका नाममा फिल्म बन्ने भएको छ। आगामी कात्तिक ८ गते तिहारका अवसरमा रिलिज गर्ने घोषणा गर्दै यो फिल्मको राजधानीमा आयोजित एक समारोहबीच मुहूर्त गरिएको छ।

फिल्मको शीर्ष गीत ए दिदी पोइ पर्यो कालेमा कलाकारको अभिनयसहित मुहूर्त सर्ट गरिएका हो।

फिल्म शिशिर राणाले निर्देशन गर्र्दैै छन्। राणाले नै लेखेको फिल्ममा सौगात मल्ल काले पोइ बन्ने छन् भने उनको जोडी सृष्टि श्रेष्ठ हुनेछिन्।

आकाश श्रेष्ठ र पूजा शर्मा अर्को जोडीका रूपमा देखिने फिल्ममा सृष्टि र पूजा दिदीबहिनी हुनेछन्। यसबाहेक सोहित मानन्धर, बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल ‘छन्दे’ र निर्देशक राणा स्वयं यसका कलाकार रहेका छन्।

सुरक्षा पन्त अतिथि भूमिकामा देखिने छिन्। दीपक मनाङे (राजीव गुरुङ), अ. देवी राई, किरण नेपाली, रघु परियार, अर्जुन खनियाँ र देव तामाङलगायतको निर्माणमा बन्ने फिल्म आगामी सोमबार सुटिङ फ्लोरमा जानेछ। फिल्ममा सुवास भुसाल र पुरुषोत्तम लामिछानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने, रविन शाहको नृत्य निर्देशन र तारा थापा किम्भेको सम्पादन रहनेछ।

प्रतिक्रिया दिनुहोस्