ग्लोबल आईएमई बैंक र सूर्यलाइफबीच सम्झौता



काठमाडौं(नेस)
ग्लोबल आइएमई बैंक लि. र सूर्यलाइफ इन्सुरेन्स कम्पनी लि.बीचबैंन्कासोरेस सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाटका मु. प्रमुख कार्यकारी अधिकृत महेशशर्मा ढकाल र सूर्यलाइफ इन्सुरेन्स कम्पनी लि.कोतर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. का १ सय ३७ वटै शाखाहरु मार्फत सूर्य लाइफ इन्सुरेन्स कम्पनी को जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्