‘रेनो बजेट अघि बेनिफिट’



काठमाडौं(नेस)
एडभान्स अटोमोबाईल प्रा.लि.ले ‘रेनो बजेट अघि बेनिफिट’ भन्ने नयाँ अफर सार्वजनिक गरेको छ । प्रा.लि रेनो गाडीको एक मात्र आधिकारक वितरक हो ।
ग्राहकहरुले यस अफर मार्फत आगामी आर्थिक वर्षको बजेट भाषण हुनु अगाडि नै रेनो गाडी बुकिङ अथवा खरीद गरेर विभिन्न लाभहरु उठाउन सक्ने छन् ।

यस अफर अन्तर्गत ग्राहकले ५ लाख सम्मको नगद छुट प्राप्त गर्न सक्ने छन् । त्यस बाहेक ग्राहकहरुले रेनो गाडी बुकिङ वा खरिद गर्दा निशुल्क रोड कर, तुरुन्त एक्सचेन्ज तथा ५ वर्षसम्मको वारेन्टीबाट लाभान्वित हुन सक्ने छन् ।
यो अफर रेनो ब्राण्ड गाडीहरु केडब्लु आईडी, डस्टर र क्यापचरमा सीमित अवधिका लागि उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्