एनबीबीएल डिबेन्चर बिक्री खुल्ला



काठमाडौे(नेस)
नेपाल बंगलादेश बैंकले जेठ १० गते शुक्रबार देखि २० लाख युनिट (इकाई) ऋणपत्रको बिक्री खुला गरेको छ । यसमध्ये १२ लाख युनिट डिबेन्चरले हुन आउने कुल रु. १ अर्ब २० करोड ऋणपू“जी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवरको माध्यमबाट तथा ८ लाख युनिट डिबेन्चरले हुन आउने कुल रु. ८० करोड ऋणपू“जी रकम सर्वसाधारण नेपालीहरुको लागि सार्वजनिक निश्कासनको माध्यमबाट विक्री खुल्ला गरेको छ । सर्बसाधारणको लागि छुट्टयाएको मध्ये ५ अर्थात ४० हजार युनिट डिबेन्चर सामुहिक लगानी कोषहरुको लागि समेत छुट्टयाईएको छ ।

बैकले जारी गरेको ऋणपत्रको नाम ‘१०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५’ रहेको छ । सो ऋण पत्रमा वार्षिक १० दशमलब २५ प्रतिशत ब्याजदर प्रदान गरिने छ भने ब्याज रकमको भुक्तानी भने अर्ध वार्षिक रुपमा गरिने छ । साथै उक्त ऋणपत्र १० वर्षमा परिपक्व हुनेछ । सो निश्काशनको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंङिक रहेको छ । सर्वसाधारण लगानीकर्ताले प्रति युनिट १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि १ लाख युनिटसम्मको लागि आवेदन दिन सक्ने छन् । ऋणपत्र नेप्सेमा सूचिकृत हुने भएकोले आवश्यक पर्दा सहज रुपमा खरिद बिक्री गर्न सकिने साथै बैंक तथा वित्तीय संस्थाबाट धितो राखि कर्जा समेत लिन सकिने छ ।

उक्त ऋणपत्रको लागि छिटोमा जेठ १४ गते र ढिलोमा असार ८ गते सम्म आवेदन दिन सकिन्छ । नेपाल बंगलादेश बैंकको कुनैपनि शाखा कार्यालय तथा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । उक्त ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले औसत जोखिम जनाउने ‘एलबीबीबीप्लस’ रेटिङ दिएको छ ।

नेपाल बंगलादेश बैंकको चालु आ.वा.को तेस्रो त्रैमासिक सम्ममा खुद मुनाफा रु. १ दशमलब १४ अर्ब, निक्षेप संकलन रु. ५६ दशमलब ०६ अर्ब र कर्जा लगानी रु. ५३ दशमलब २५ अर्ब रहेको छ । बैंकले ९० शाखा, ७ एक्सटेन्सन काउन्टर तथा ७२ वटा बाट बैंकिंग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्