एभरेष्ट र ह्याम्स हस्पिटल बीच सम्झौता



काठमाडौं(नेस)
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र ह्याम्स हस्पिटल बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौतामा ह्याम्स हस्पिटलका अध्यक्ष आर.एस.भण्डारी र एभरेष्ट इन्स्योरेन्सका सहायक महाप्रबन्धक मनोजसिंह भण्डारीले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुरुप कम्पनीबाट कुनै पनि किसिमको बीमा लेख लिनु भएका बीमितले (प्राकृतिक व्यक्ति ) उपचार गराउ“दा सो हस्पिटलबाट विभिन्न स्वाथ्य उपचार सेवामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने छ।

प्रतिक्रिया दिनुहोस्